आइतवार, जेष्ठ ६, २०८१

तीस लाखमा कृषि फार्म

म्याग्दी,  २३ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–१२ चिप्लेटीमा युवाहरुले रु ३० लाखको लगानीमा कृषि फार्म स्थापना गरेका छन् ।चिप्लेटीका सञ्जय कुँवर, पुलाचौरका रेशमबहादुर बानियाँ र कृष्णबहादुर बानियाँले भुलभुले बहुउद्देश्यीय कृषि फार्म स्थापना गरी व्यावसायिक कृषि पेसा अंगालेका छन्  ।

माछापालन, अलैँची र कागती खेती गरिने फार्म स्थापना गर्न रु ३० लाख लगानी भएको सञ्जय कुँवरले बताए । उनीहरु तीनैजना विदेशमा लामो समय रोजगारीका लागि समय बिताएरपछि घर उनीहरु फर्केका हुन् ।

स्थानीय स्तरमा स्वरोजगार भई आयआर्जन गर्ने उद्देश्यले कृषि फार्म स्थापना गरेको उनले बताए ।  उनीहरुले फार्म सञ्चालन गर्न दश रोपनी जग्गा खरिद पनि  गरेका छन् । ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २३, २०७३