आइतवार, जेष्ठ ६, २०८१

कृषि राज्यमन्त्री सुपरजोन अवलोकनमा व्यस्त

काठमाडौं, कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीबाट मन्त्री बनाएकाहरुले उपलब्धि मूलक कार्य गर्न नसकेको भन्दै हप्काईरहेको बेला क्याविनेट भन्दा बाहिर रहेकी कृषि राज्यमन्त्री राधिका तामाङ्ग भने आफ्नो जिम्मेवारी पूरा गर्न भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रदेश नं ३ अन्तर्गत आलुको सुपरजोन काभ्रेका पाँचखाल, पनौती तथा खोपासी क्षेत्रमा बस्तुगत अध्यन अवलोकनमा व्यस्त भएकी छिन् । rajya-manti-abalokan
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सफल बनाउनका लागि राज्यमन्त्री तामाङ्गले सो क्षेत्रका किसानहरुसंग आलु उत्पादनमा किसानहरुले भोग्नु परेका समस्या र समाधान गर्नका लागि मन्त्रालयले गर्नु पर्ने कार्यहरुका बारेमा समेत छलफल गरिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख दुर्गा पण्डितले बताए । राज्यमन्त्री तामाङ्गसंग सुपरजोन क्षेत्र अवलोकनका लागि कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वरप्रसाद रिजाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक अच्चुत ढकाल समेत पुगेका थिए ।

प्रकाशित मिति: आइतवार, कार्तिक २१, २०७३