सोमवार, बैशाख २४, २०८१

APAARI कार्यसमितिमा डा वाई. आर पाण्डे चयन

काठमाडौं, कार्तिक । कृषि अनुसन्धानमा कार्यरत संस्थाहरुको छाता संस्थाका रुपमा रहेको एशिया प्यासिफिक एशोशिएसन अफ एग्रिकल्चर रिसर्च इस्टिच्यूटको साधारण सभा नोभेम्वर १ देखि ३ ताईवानमा सम्पन्न भएको छ ।yamraj-pandey विभिन्न राष्ट्रका अनुसन्धानमा क्रियाशील संस्थाहरुको प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको सो सभाले आगामी दुई बर्षका लागि नयां कार्यसमिति समेत गठन गरेको छ । नयां कार्यसमिति सदस्यमा नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वाई. आर पाण्डे सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १८, २०७३