आइतवार, जेष्ठ ६, २०८१

मुखर्जीको भ्रमणका कारण कलंकी पारी रोकिए तरकारी

काठमाडौं, कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने भ्रमणका कारण काठमाडौंको यातायात अस्तव्यस्त भएको छ । आमनागरिकहरुले सहज रुपमा बाटोमा हिड्न समेत पाएका छैनन् । काठमाडौंमा अघोषित कफ्र्यूजस्तै भएको छ । बुधबार र विहीबार दिनभर नै काठमाडौंका सडकहरु कफ्र्यू लागे जस्तै देखिए । बाटोमा बटुवा समेत हिड्न करिव प्रतिवन्ध जस्तै देखिएको थियो ।
प्रणव मुखर्जीको भ्रमणका कारण काठमाडौं उपत्यका बाहिरबाट कालीमाटी तरकारी बजार भित्रने तरकारी तथा फलफूल समेत भित्रन पाएनन् । विहिबार विहान सवेरै कालिमाटी तरकारी बजार प्रवेश गरेका तरकारी तथा फलफूल ढुवानी गरेका केही सवारी साधन बाहेक सवै तरकारी बोकेका सवारी साधनलाई सुरक्षाको कारण देखाउंदै कलंकीबाट नै प्रवेश रोक लगाइएको छ ।
कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार विहान ७ बजे पछाडि कुनै पनि तरकारी वोकेका सवारी साधनलाई कलंकीबाट भित्रन नदिएका कारण धेरै परिणाममा तरकारी विग्रिएको बताइएको छ । धादिङ, चितवन, मकवानपुर लगायत छिमेकी जिल्लाबाट काठमाडौै उपत्यका भित्रने गरेका तरकारी विहिबार पूर्ण रुपमा भित्रन नसकेको बताइएको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १८, २०७३