सोमवार, बैशाख २४, २०८१

तिहारभर दुग्ध विकास संस्थानको ध्यू अभाव

काठमाडौं, कात्तिक । हिन्दु धर्मालम्वी नेपालीहरुको महान् चाड तिहारमा बढी प्रयोग हुने ध्यू काठमाडौंमा हाहाकार देखिएको छ । विशेष गरी सरकारी संस्थान दुग्ध विकास संस्थानले उत्पादन गर्ने ध्यू अभाव अत्यन्तै बढी देखिएको छ । उपभोक्ताहरुको बढी माग डिडिसी ध्यूमा भएको भएपनि डिडिसीले बजारमा सहज रुपमा ध्यू वितरण नगर्दा अभाव देखिएको बताएको छ । डिडिसीको प्रमुख वितरकहरु नै डिडिसीले ध्यू उपलब्ध नगराएपछि रुष्ट बनेका देखिन्थे । ddc-dairy-ghee
विगत दशबर्षदेखि कालोपुल क्षेत्रमा डिडिसीका उत्पादन विक्री वितरण गर्दै आईरहेको पाण्डे स्टोरका व्यवसायीले करीव एक महिनादेखि डिडिसीको ध्यू उपलब्ध नगराउनाले उपभोक्ताहरुले सास्ती भोग्नु परेको बताएका छन् । डिडिसी मात्र होइन अन्य निजी डेरी उद्योगहरुले पनि तिहारको अवसरमा उपभोक्ताहरुको आवश्यकता अनुरुप ध्यू उपलब्ध गराउन सकेका छैनन् । डिडिसीको भन्दा चर्को मूल्यमा ध्यू विक्री वितरण गर्दै आईरहेको नेपाल डेरी, सिताराम डेरी लगायत कम्पनीले पनि तिहारका लागि ध्यू सहज बनाएको देखिएन ।

प्रकाशित मिति: बुधबार, कार्तिक १७, २०७३