आइतवार, जेष्ठ ६, २०८१

तिहारमा मुस्ताङबाट पाँच हजार च्याङ्ग्रा बाहिरिए

मुस्ताङ, कात्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार च्याङ्ग्रा बाहिरिएका छन् । दसँैभन्दा तिहारमा एकदमै न्यून मात्रामा च्याङ्ग्रा बाहिरिन्छन् । दसँैमा यसबर्ष २१ हजार भेडाच्याङग्रा निर्यात भएको थियो । जिल्ला कृषि विकास कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सिमाना घासाबाट हरेक दसैँ र तिहारमा जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । तिहार आसपासमा पाँच हजार च्याङ्ग्रा निर्यात भएको कार्यालयले जनाएको छ । chyangra
“यो अघिल्लो तिहारभन्दा पनि कम हो”, पनि कार्यालयले जनाएको छ । “दसैँभन्दा तिहारमा मासुका परिकार कम खाने संस्कारले कम निर्यात भएको हो ।” जिविसले भने जिल्लाबाट निर्यात हुने प्रतिच्याङ्ग्रा ७५ रुपैयाँका दरले कर सङ्कलन गर्दै आएको छ । “दसैँको सिजनमा करिब १७ लाख रुपैयाँ कर सङ्कलन भएको थियो”, उहाँले भन्नुभयो, “साढे तीन लाख रुपैयाँ कर उठेको छ ।” च्याङग्राको उत्पादन बढेसँगै यसको मूल्य पनि घट्दै गएको छ ।
तिहारमा १० देखि १३ हजारको हाराहारीमा बिक्रीवितरण भएको थियो । मुस्ताङको तल्लोभन्दा उपल्लो क्षेत्रमा व्यावसायिक रूपमा च्याङ्ग्रापालन गरिएको छ । लोमान्थाङसहित छोसेर, छोन्हुप, घमी, मुक्तिनाथ, घमी र सुर्खाङ गाविस भेडाच्याङ्ग्रा पाल्नका लागि पकेट क्षेत्र हुन् ।
दसैँमा बिक्री भएको भेडाच्याङ्ग्रा बजारमा पूर्णरुपले बिक्री भइनसकेका कारण तिहारमा कम च्याङ्ग्रा निर्यात भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा नन्दलाल बर्माले बताए ।

प्रकाशित मिति: बुधबार, कार्तिक १७, २०७३