सोमवार, बैशाख २४, २०८१

सरुवाको खेल कृषिमा संधै झेल

काठमाडौं । सत्ता र शक्ति हुनेहरुका लागि सरुवा भनेको कान्छी औंलाको खेल हो भन्दै राम्रो ठाउंमा सरुवा मिलाएर रकम हजाम गर्ने विचौलिया सिंहदरबारभित्र प्रशस्त मौलाईरहेका छन् । त्यही विचौलियाहरुका कारण निजामती कर्मचारीहरुको सरुवा हरेक वर्ष विवादबाट मुक्त हुन सकेको देखिंदैन । तर विडम्वना बोल्न नसक्ने र कमजोर कर्मचारीहरुको हकमा भने संधै नै अन्याय र झेल मात्र हुने गरेको कर्मचारीहरु नै बताउंछन् । अहिले कृषि विकास मन्त्रालयमा पनि ईश्वर प्रसाद रिजालमाथि झेल हुने प्रयास भईरहेको छ । सिनियर सहसचिवमा रुपमा रहेका रिजाल सचिव नहुंदा संधै निमित्त सचिव हुने भाग्यमानी व्यक्ति हुन् । तर तिनै भाग्यमानी ईश्वरप्रसाद रिजाललाई अहिले कृषि मन्त्री गौरीशंकर चौधरीले अन्याय गर्न खोजिरहेका छन् । कृषि विकास मन्त्रालयका सिनियर सहसचिवका रुपमा कृषि सूचना तथा सञ्चार केन्द्रबाट गतबर्ष मात्र मन्त्रालय तानिएका उनलाई अहिले फेरि मन्त्री चौधरी र उनका सल्लाहकारहरुले मन्त्रालयबाट हटाएर फेरि कृषि सूचना तथा सञ्चार केन्द्रमा नै सरुवा गर्ने तयारी गरिरहेका छन् । विरामी समेत रहेको रिजाललाई मन्त्री चौधरीले किन यसरी पेल्न खोजेका हुन् ? कर्मचारीहरुकै तर्क छ । कृषि मन्त्री चौधरीले रिजाललाई कृषि सूचना तथा सञ्चार केन्द्र सरुवा गरेर उनको ठाउंका विभाागका महानिर्देशक युवकध्वज जिसीलाई ल्याउने कसरत गरिरहेका छन् । तर राज्य मन्त्री राधिका तामाङ्गले भने अस्वस्थ समेत रहेका रिजाललाई हतोत्साह हुने गरी सरुवा नगर्न सल्लाह समेत दिएको श्रोतले बताएको छ । कृषि मन्त्री गौरीशंकर चौधरी यतिखेर एक दिन कार्यक्रमका लागि रोम पुगेका छन् । उनी १९ गने बेलुका नेपाल फर्केने छन् ।

प्रकाशित मिति: मङ्लबार, अशोज १८, २०७३