बुधबार, बैशाख १९, २०८१

च्याङ्ग्रा व्यापारीलाई भ्याइनभ्याई

बागलुङ, असोज । दसैँ आगमनसँगै भेडाच्याङग्राको किनबेच बढेको छ । बर्सेनि दसैँमा एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा जिल्ला भित्रने गरेका छन् । म्याग्दी भकिम्ली–६ का अम्मरबहादुर खत्रीले ९० वटा च्याङ्गा बागलुङ ल्याएकोमा आधाभन्दा बढी बिक्री भइसकेको बताएका छन् । उनी लगायत चार जनाको समूहले चार दिन लगाएर मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर बिक्री गर्दैआएका छन् ।
बागलुङका स्थानीय व्यापारीसँग समन्वय गरी उनीहरूले भेडाच्याङ्ग्रा भित्र्याउने गरेका छन् । उनीहरूले मुस्ताङबाट प्रति च्याङ्ग्रा रु १९ हजार ५०० तथा प्रति भेडा रु १८ हजारमा खरिद गरेर ल्याएका हुन् । “रु २२ हजारदेखि रु २४ हजारसम्ममा भेडाच्याङ्ग्रा बिक्री भइरहेको छ,” म्याग्दी ज्यामरुककोटका सरोज सुवेदीले बताए ।
मुस्ताङ पुगेर भेडाच्याङ्ग्रा ल्याउनु कठिन काम भए पनि व्यापार राम्रो हुने देखेपछि यसो गर्दै आएको उनको भनाइ छ । अधिकांश ग्राहकको रोजाइ च्याङ्ग्रा रहने गरेको छ । बर्सेनि हजारौँको सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट अन्य जिल्लामा भित्र्याउने गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज २१, २०७३