बिहिबार, बैशाख २०, २०८१

अव सिंहदरबार भित्रै खाद्यान्न पसल

काठमाडौ २३ श्रावण । सिंहदरबार भित्र कार्यरत कर्मचारीहरुालाई लीक्षत गरी नेपाल खाद्य संस्थानले सिंहदरबारभित्र खाद्यान्न बिक्री कक्ष स्थापना गर्ने तयारी गरेको छ । निजामति कर्मचारीलाई संस्थानका गुणस्तरीय खाद्य सामग्री बिक्री वितरण गर्नका लागि बिक्री कक्ष स्थापना गर्न लागिएको संस्थानले जनाएको छ । खाद्यान्न पसल स्थापनाका लागि ठाउं भने अहिलेसम्म तय भएको छैन । त्यसका लागि संस्थानले स्थान खोजिरहेको बताएको छ ।
दसँै अगाडि नै बिक्री कक्ष सञ्चालन गर्ने लक्ष्य संस्थानले लिएको छ । कर्मचारीका लागि संस्थानले सिहदरबारभित्र बासमतिको ब्राउन, जिरामसिना, उसिना मोटा, कर्णालीको सिमी, फापर जस्ता खाद्य सामाग्री राख्ने बताइएको छ ।

प्रकाशित मिति: आइतवार, साउन २३, २०७३