आइतवार, बैशाख २३, २०८१

अलैँचीका बिरुवा निःशुल्क वितरण

खोटाङ, २४ साउन । पछिल्लो समय जिल्लामा अलैँचीको व्यावसायिक खेती गर्ने कृषकको सङ्ख्या वृद्धि हुँदै गए पछि किसानहरुलाई अलैचीको विरुवा निशुल्क वितरण गरिएको छ । खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो ।
व्यावसायिक रूपमा अलैँचीको खेती गर्दै आएका किसानलाई शनिबार १० हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि वन तथा वातावरण समितिका उपाध्यक्ष तुलाराज राईले बताएका छन् । प्रतिबोट रु १० का दरले बेर्ना खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको समितिले जनाएको छ । जिल्लामा गत वर्ष रु एक अर्ब बढीको अलैँची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, साउन २४, २०७३