बिहिबार, बैशाख २०, २०८१

खाद्यान्न बालीबाट चवालिस अर्ब

झापा,२३ श्रावण । झापा जिल्लामा गत आथिक बर्षमा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ । चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट रु १७ अर्ब ३७ करोड ५१ लाख १८ हजार आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको हो । चैते धानबालीबाट रु एक अर्ब ६२ करोड ५२ लाख ५० हजार, वर्षे धानबाट रु आठ अर्ब ९३ करोड ६३ लाख ७५ हजार, गहुँबाट रु ७९ करोड ३६ लाख र मकैबालीबाट रु तीन अर्ब ५४ करोड छ लाख आम्दानी भएको छ ।
यस्तै कोदोबाट रु ११ करोड ७८ लाख १० हजार, फापरबाट रु सात करोड ९२ लाख, जुसबाट रु पाँच करोड ७४ लाख ७५ हजार, आलुबाट रु पाँच अर्ब ५४ करोड ८० लाख, तेलहनबालीबाट रु ४३ करोड ८० लाख, दलहनबालीबाट रु ६९ करोड ८० लाख ६० हजार, चियाबाट रु तीन अर्ब तीन करोड ३० लाख र माछापालनबाट रु १९ करोड चार लाख आम्दानी भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, साउन २३, २०७३