आइतवार, बैशाख १६, २०८१

राष्ट्रिय खाद्य स्वच्छता नीतिको तयारीमा मन्त्री बेखवर

काठमाडौं, श्रावण । कृषि विकास मन्त्रालयको आयोजनामा राष्ट्रिय खाद्य स्वच्छता नीतिको मस्यौताको अन्तिम रुप दिंदा समेत कृषि मन्त्री बेखवर भएका छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर काम चलाउ कृषि विकास मन्त्री शान्ता मानवीलाई भने आफ्नै मन्त्रालयले तारे होटलमा आयोजना गरेको राष्ट्रिय खाद्य स्वच्छता नीतिको मस्यौतामाथि छलफल भईरहंदा समेत जानकारी दिएको छैन ।
कृषि विकास मन्त्रालयको नाम आयोजकका रुपमा राखेको भएपनि अमेरिकी संस्था युएसएआईडि र इफ्रिले नै यो नीति तयार गर्नका लागि आईआईडिएसले परियोजना हात पारेका कारण पनि नीति निर्माणका विषयमा मन्त्रीलाई जानकारी नदिएको हुन सक्ने बताइएको छ ।
काठमाडौंको ¥याडिसनमा होटलमा आयोजित राष्ट्रिय खाद्य स्वच्छता नीतिको मस्यौताको अन्तिम रुप दिन अमेरिकी सहयोग नियोग (युएसआईडि), इफ्रि, र आईआईडिएसको सहयोग छलफल चलाइएको थियो । कार्यक्रममा राष्ट्रिय खाद्य स्वच्छता नीतिको मस्यौता सम्वन्धि कार्यपत्र डा टिका बहादुर अधिकारी र अधिवक्ता ज्योति बानियाँले तयार गरेको भएपनि बानियांले प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत पछिको छलफलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्व महानिर्देशक जीवनप्रभा लामाले यो नीति कसका लागि बनाइएको हो भन्ने स्पष्ट हुनु पर्ने धारणा राखेकी थिइन् । सो कार्यक्रममा अधिकांश सहभागीले नीति विदेशी संस्थाको इशारामा बनेको हो की भन्ने आशंका व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी एक कृषि विकास मन्त्रालयका उच्च अधिकारीले मन्त्रालय कस्ता ठूला ठूला नीति तथा ऐन समेत आफैले तयार गरिरहेको अवस्थामा यति सानो नीति तयार गर्न पनि विदेशीसंग गुहारको भन्दै रोष व्यक्त गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १२, २०७३