शनिबार, बैशाख १५, २०८१

डेरी उद्योग संघ कै पदाधिकारी ठगी गर्दै

काठमाडौँ साउन । डेरी उद्योगलाई व्यवस्थित र मर्यादित बनाउनु पर्दछ भन्ने डेरी उद्योग संघका पदाधिकारीहरु नै उपभोक्ताहरुलाई ठगी गर्न थालेपछि कसको विश्वास गर्ने ? दुग्ध क्षेत्रको विकासका लागि व्यवसायिक रुपमा डेरी सञ्चालन गरेर बसेका व्यवसायीहरुले उपभोक्ताहरुलाई ठगि गरिरहेको फेला परेको छ ।
काठमाडौं उपत्यकाभित्रका पाँच कम्पनी डेरी कम्पनीबाट उत्पादित दहीमा व्यवसायीहरुले उपभोक्ताहरुलाई ठगी गर्ने गरिएको पाइएको छ ।
दही विक्री गर्दा तौल कम गरेर बेच्ने यस्ता डेरी सञ्चालकहरुलाई कसले कार्वाही गर्ने ? काठमाडौंमा उपत्यका भित्र विभिन्न डेरी उद्योगहरुले उत्पादन गरी बजारमा विक्री गर्न पठाइएका दहीको तौल चेकजांच गर्दा एक लिटर दहीमा १४० देखि १६० मिलिलिटरसम्म कम भेटिएको पाइएको छ । अगुगमनमा गएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शंका लागि नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि पठाउंदा उपभोक्ताहरु ठगिएको प्रमाणित भएको छ ।
जाँच गरिएकामध्ये नेपाल डेरीमा १५० मिलिलिटर, सुवजु जुजु धौ भक्तपुर १६०, आर एस जुजु धौ सेन्टर भक्तपुर १४०, शिवम् डेरी प्राली भक्तपुर १५० मिलिलिटर दही कम फेला परेको नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय बालाजुका कार्यालय प्रमुख शशीभुषण यादवले जानकारी दिएका छन् ।
संगठित रुपमा नै डेरी उद्योगहरुले दिनदहाडै उपभोक्ताहरुमाथि ठगी गरिरहँदा पनि सरोकारवाला निकायले कार्वाही प्रक्रिया समेत अगाडि बढाउन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, साउन १२, २०७३