आइतवार, बैशाख १६, २०८१

कृषि विषयको नेपालको पहिलो साप्ताहिक पाँचौ बर्षमा

कृषि क्षेत्रका विषयबस्तुलाई मात्र समेटी प्रकाशन हुँदै आईरहेको नेपालको पहिलो साप्ताहिक पत्रिका “कृषि” आजबाट चौथो बर्ष पूरा गरी पाँचौ बर्षमा प्रवेश गरेको छ । राजनीतिक पत्रपत्रिको भीडमा कृषिलाई मात्र महत्वदिई साप्ताहिक रुमपा पत्रिका पाँच बर्षसम्म निरन्तर प्रकाशन हुनुलाई कृषि क्षेत्रका विभिन्न व्यक्तिहरु अत्यन्तै कठिन कार्य भएको समेत बताएका छन् । कृषि साप्ताहिक पाँचौ बर्षमा प्रवेश गरेको सन्दर्भमा कृषि साप्ताहिकको प्रकाशकीय र कृषि विकास मन्त्रालयका केही उच्च अधिकारीहरुको भनाई प्रस्तुत गरेका छौं । krishi five

कृषि साप्ताहिक आजबाट चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । राजनीतिक अखबारहरुको भीडमा कृषि विषयलाई मात्र समाबेश गरी साप्ताहिक रुपमा प्रकाशन भईरहेको नेपालको पहिलो साप्ताहिक “कृषि”का रुपमा स्थापित गर्न सफल बनाउनु हुने ग्राहक, विज्ञापनदाता, लेखक, जिल्लास्थित समाचारदाता मित्रहरु नै यसको प्रमुख हिस्सेदारका रुपमा हामीले स्वीकार गरेका छौं । कृषि साप्ताहिकको पहिलो अंक प्रकाशन आरम्भ गर्दा नै हामीले गरेका प्रतिवद्वतामा हामी निरन्तर सक्रिय भएर लागेको छौ र लागिरहने छौं । कृषि साप्ताहिकले हरेक हप्ता उठाएका विषयहरुमा हामी सफल भएका छौं । कृषि क्षेत्रभित्र हुने विकृति र विसंगतिलाई भण्डाफोर गर्ने, किसानहरुका समस्यालाई सम्वोधन नभएसम्म किसानका पक्षबाट वकालत गर्ने हाम्रो जिम्मेवारी हो । त्यो जिम्मेवारीबाट विमूख हुने छैनौं ।
किसानका नाममा राज्यले छुट्याएको बजेट सदुपयोग गर्नका लागि पहरेदारी गर्नु हाम्रो दायित्व हो । हरेक हप्ता हामीले प्रकाशन गरेको समाचारबाट एक मित्र बन्छ भने त्यही हप्ता हामीले १० शत्रु कमाईरहेको छौं । यसमा हामीले दुख मान्नु पर्ने कुनै कारण नै छैन । किनकी हामी लाखौं किसानहरुको पक्षमा वकालत गरिरहेका छौं ।
कृषि साप्ताहिक प्रकाशन नहुंदासम्म किसानका समस्या संधै ओझेलमा पर्ने गरेका थिए । किसानहरुको कुरा बाहिर आउन सकिरहेको थिएन । जव पांच बर्ष अगाडि हामी आयौं त्यसपछि सञ्चार माध्यमहरुले विस्तारै विस्तारै कृषिलाई स्थान दिन थाले । अहिले कृषिका विषय नछुने सायद सञ्चार माध्यम कमै होलान् । यसप्रति हामीले गौरव गरिरहेका छौं ।
कृषि प्रधान देशमा रुपमा व्याख्या र भाषण गर्ने हाम्रा नेतृत्व वर्गले कृषिलाई कहिल्यै पनि प्राथमिकतामा राख्न सकेनन् फलत ः हामी अबौंको खाद्यान्न आयात गरिरहेका छौं । परम्परागत र जिवीकोपाजर्नका लागि कृषिमा ६५ प्रतिशत जनता दिनरात खटिरहेका छौं । तर परिणाम शुन्य भएको छ । राज्यले यसलाई आधुनिकीकरण र व्यवसायिकीकरण गर्न तर्फ चासो दिन नसकेकै कारण कृषिमा रमाउने युवाहरु पनि वाध्यतामा विदेश पलायन हुनु परिरहेको छ । राज्यले हाम्रो पौरखी हातहरुलाई उपयोग गर्न नसकेकै कारण तिनै पौरखीहातहरु खाडीको मरुभूमिलाई उर्वर बनाउन दत्तचित्त भएर लागिरहेका छन् । आज मुलुकको उर्वर जमीनहरु खण्डिकृत हुंदै कंक्रिटको जंगलमा परिणत बनिरहेका छन् । जसले गर्दा भावी पुस्ताले कंक्रिटको जंगलमा बसेर आफ्ना पूर्खालाई धिक्कार्ने बाहेक अरु केही पनि काम हामीले गर्न सकेका छैनौं ।
हामी कृषिमा आत्मनिर्भर बन्न सकेमा मात्र हाम्रा पूर्खाले हामीलाई आर्शिवाद दिने छन् । भावी पुस्ताले हामीले अपनाएका बाटोमा गर्व गर्ने छन् । तर त्यो हामीले गर्न सकिरहेका छैनौं । अव बेला भएको छ । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाई निर्यात गर्न सक्षम कृषि प्रधान देशका रुपमा स्थापित गरी हाम्रा भावी पुस्तालाई समृद्ध देशका नागरिकका रुपमा परिचित गराउनका लागि । त्यसैले त कृषि साप्ताहिकले २०७३ शुरुदेखि एउटा नारा स्थापित गर्ने प्रयास गरेका छौं कुराको खेती होइन खेतीको कुरा गरौं थाहा छैन त्यो गन्तव्यमा हामी पुग्न सक्छौं कि सक्दैनौ । हामी लम्किरहेका छौं घाम, पानी, हुरी, बताससंग लड्दै । लडिरहने छौं गन्तव्य नभेटुञ्जेलसम्म ।
कृषि साप्ताहिकका बारेमा
                                    बेग्लै अस्तित्व बनाउन सफल भएको छ

yogendra-karki

योगन्द्रकुमार कार्की
प्रवक्ता एवं सहसचिव, कृषि विकास मन्त्रालय
आम नेपाली किसान, कृषि व्यवसायमा संलग्न व्यवसायी एवं कृषि सहकारीको लागि विगतका चार महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको कृषि साप्ताहिकले कृषि क्षेत्रमा काम गर्नेहरुको प्रिय बनिरहेको छ । यो साप्ताहिकले जुन प्रयासले संघर्ष र मेहनत गर्दै अगाडि बढ्यो त्यसको परिणाम हरेक ठाउंमा पुग्दा कृषि साप्ताहिकको चर्चा हुनु साप्ताहिकको उपलब्धिका रुपमा मैले बुझेको छु ।
हरेक अंकमा प्रकाशित हुने लेख रचना, प्रत्येक समाचार किसान र कृषि क्षेत्रसँग सम्वन्धित मात्र प्रकाशन गर्ने गरेकाले यसको लोकप्रियता बढ्दै गईरहेको छ । प्रकाशनका शुरुवातदेखि नै म नियमित पाठक पनि भएका नाताले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरणमा पनि टेवा पु¥याएको महशुस गरेको छु ।
कृषि क्षेत्रमा भएका राम्रा नराम्रा सवै पक्षहरुलाई समेट्न सक्नु नै यो पत्रिको विशेषता हो । यसले चार बर्षमा गरेका संघर्षले नै पत्रकारिता क्षेत्रमा बेग्लै अस्तित्व बनाउन सफल भएको छ । यसले अझै नयां नयां सोचहरु ल्याएर नेपाली कृषि क्षेत्र र किसानका जीवनमा प्रगतिका मार्ग कोर्न सकोस् ।
सिंचाईका विषयमा पनि कलम चलाउनु पर्दछ
काशीराज दाहाल
सहसचिव, कृषि विकास मन्त्रालय
kasirajकृषि विषयलाई मात्र समेटी पहिलो साप्ताहिकका रुपमा प्रकाशन भएको कृषि साप्ताहिक पाँचौ बर्षमा प्रवेश गरेकोमा यसको सफलताको कामना गर्दछु । नेपाल कृषि प्रधान मुलुक र पनि कृषि क्षेत्रमा गर्नु पर्ने धेरै काम छन् । नेपाल सरकारले कृषिलाई महत्वपूर्ण स्थान दिन खोजिरहेको अवस्थामा कृषि साप्ताहिकले आम नेपाली किसान जो दिनरात खटेर कृषि उपजहरु उत्पादनहरु गर्दछन् त्यसलाई उपभोक्तासम्म पु¥याउन मद्दत गरिरहेको छ । अझ कृषिमा गरेको लगानी समानुपातिक ढङ्गले लक्षित बर्गसम्म पु¥याउनका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । त्यस तर्फ ध्यान दिनु आवश्यक छ ।
खासगरी अहिले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनको लागि सिंचाई सुविधालाई बृद्धि गर्नु पर्ने अवस्था छ । किसानका खेतमा सिंचाई सुविधा पु¥याउनका लागि कृषि साप्ताहिकले विशेष भूमिका खेल्नु पर्दच । साथसाथै कृषि सुशासन कायम गर्न अति आवश्यक देखिन्छ । कृषिसंग सम्वन्धित निकायहरु, आयोजनाहरु, बोर्ड संस्थान समितिहरुमा भईरहेको कार्यप्रणाली र कार्य सुधार, खर्च गर्ने प्रणालीलाई पारदर्शि बनाउनु पर्ने र आम किसानहरुलाई यस्ता सुक्ष्म विषयमा जानकारी गराउने काम यसले गर्न सकोस् ।
प्रविधि विस्तारको काम गर्न सक्छ
डा. प्रदीपचन्द्र भट्टराई
सूचना अधिकारी
पशुपन्छी विकास मन्त्रालय
pradipसर्वप्रथम कृषि साप्ताहिकलको सफलताको कामना गर्दछु । राजनीतिक अखबारहरु भन्दा पृथक भएकाले यसको पाठकहरु पनि बेग्लै हुने भएकाले व्यवसायिक रुपमा सञ्चालन गर्नका लागि अति नै गाह्रो अवस्थामा पनि चार बर्ष पूरा गर्नु भनेको नै ठूलो उपलब्धी मान्नु पर्दछ । कृषि र पशु सेवाको क्षेत्रमा व्यवसायिक प्रतिफलको आशा पनि नगरी यसले निरन्तर कृषि तथा पशुसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ । यसले मुलुकभरी भए गरेका कृषि तथा पशुसेवाका गतिविधिहरुलाई समेट्दै आएको छ । अव आउंदा दिनहरुमा किसानसंग प्रत्यक्ष सरोकार राख्ने विषयबस्तुहरुमा स्थानीय रुपमा, क्षेत्रीय रुपमा र राष्ट्रियय रुपमा नै यसले बहश चलाउनु आवश्यक ठान्दछु । कृषि क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्रको भूमिका के हुनेसक्छ भन्ने विषयबस्तुमा छलफल चलाउने काम गर्नु पर्दछ । अर्को महत्वपूर्ण कुरा के हो भने नयां आएका प्रविधि विस्तारका लागि यो पत्रिकाले महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यत्तिमात्र होइन आगामी दिनहरुमा पत्रिकाले कृषिसंग सम्वन्धित, किसानहरुका लागि आवश्यक मल, बीउ, औजार, पशु औषधीहरु कहां कहां पाउन सकिन्छ भन्ने कुरालाई पनि समेट्ने प्रयास गर्ने हो भने यसको प्रभावकारिता अझै बढ्दै जानेछ ।
कृषि क्षेत्रका लागि प्रभावकारी
सरिता गौतम
कृषि प्रसार अधिकृत
कृषि विकास मन्त्रालय
saritaकृषि साप्ताहिको हरेक अंक र प्रकाशनहरु प्राय पढिरहेको हुन्छु । यो विशुद्ध कृषिको मात्र विषयवस्तु समावेश गर्ने पत्रिका हो । यसले कृषि क्षेत्रका समसामयिक समाचार लगायत कृषि विज्ञका लेख रचना, विचार र मौसमी जानकारी कृषिकर्मी माझ पु¥याउनका लागि महत्वपूर्ण भूमिका खेलेको छ । आम संचारको यो युगमा नेपालका कृषि गतिविधि, नयां प्रविधि लगायत कृषि विकास मन्त्रालय, अन्तर्गतका निकायहरु र कृषि विकासमा आवद्ध विभिन्न विकास साझेदार संस्था तथा वेला वखतमा नीजि क्षेत्रले कृषि विकासका लागि संचालन गरिहेका क्रियाकलाप वारे जानकारी लिनको लागि यो पत्रिका अति नै उपयोगी सिद्ध भएको छ. ईन्टरनेटको पहुंच भएको ठाउमा अनलाईन मार्फत पनि पढ्न सकिने यो पत्रिकालाई कृषि उद्यमी र कृषकको माझमा समेत थप विस्तार गर्न सकेमा यसको प्रभावकारिता अझै वढ्न गई वढि भन्दा वढि कृषिकमीहरु लाभान्वित हुने आशा मैले लिएको छ । चौथो बर्ष पूरा गरेकोमा यसको उचाई अझै बढ्दै जाओस् ।

प्रकाशित मिति: मङ्लबार, साउन ११, २०७३