आइतवार, बैशाख १६, २०८१

कृषि सचिव भन्छन् हामी जिम्मेवारी लिन्नौं

काठमाडौं, श्रावण । कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले गुणस्तरहीन खाद्य पदार्थ प्रयोग गरेका कारण कुनै व्यक्तिको मृत्यु भयो भने कृषि विकास मन्त्रालय र मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिम्मा नलिने बताएका छन् । Utam kumar bhatrai
काठमाडौंमा आयोजित राष्ट्रिय खाद्य स्वच्छता नीतिको मस्यौदा माथि सरोकारवाला निकायहरुवीच भएको अन्र्तक्रिया कार्यक्रममा सचिव भट्टराईले सो कुरा बताएका हुन् । विशेष गरी भैरहवा र वीरगञ्ज नाका भएर आउने खाद्य पदार्थहरु गुणस्तरहीन हुने गरेकाले कथं कदाचित असहज परिस्थिति आएका कृषि विकास मन्त्रालयले जिम्मेवारी नलिने बताएका हुन् ।
खाद्यबस्तु आयात गर्दा सीमा नाकामा कृषि विकास मन्त्रालय मातहतका क्वारेण्टाईनहरुले चेकजांच गरी प्रमाणित गरेर मात्र आयात गर्नु पर्नेमा भैरहवा र वीरगञ्ज नाकामा खाद्य निरिक्षक, विज्ञ वा क्यारेण्टाईनका विज्ञहरुलाई हटाएर भन्सार विभागका कर्मचारीहरुले नै एकलौटी ढंगले सीमा नाकाबाट चेकजांच नै गरी खाद्यान्न भित्र्याईरहेकाले त्यो जिम्मेवारी पनि उनीहरुले नै लिनु पर्ने भट्टराईको भनाई थियो ।

प्रकाशित मिति: बुधबार, साउन १२, २०७३