शनिबार, बैशाख १५, २०८१

सिन्धुलीमा स्क्रिन हाउस

सिन्धुली, १० श्रावण । रोग किरा मुक्त जुनारको बेर्ना उत्पादन गर्ने उदेश्यले सिन्धुलीमा ४ वटा स्क्र्रिन हाउस निर्माण गरिएको छ । बिषेशगरी जुनारमा लाग्ने सिट्रिक ग्रिनिङ रोगबाट मुक्त बेर्ना उत्पादन गरिनुका साथै जिल्लालाई जुनारको बेर्नामा आत्म निर्भर बनाउने उदेश्यले स्क्रिन हाउस निर्माण गरिएको जिल्ला कृषि बिकास कार्यालय सिन्धुलीले जनाएको छ । एक स्क्रिन हाउस बराबर १२ लाखको लागतमा निर्माण भएको स्क्रिन हाउसमा जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको एक स्क्रिन हाउस बराबर ७ लाख तथा कृषकको ५ लाख रुपैया लगानी रहेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका बाली प्रसार अधिकृत बिजय मण्डलले जानकारी दिए ।
जिल्लको रतनचु्रा ७ नयाखर्कका दिपक थापा, रतनचु्रा ८ का बुद्धिराज पाल्पालीले एक एक र रतनचु्रा ७ कै चुराराज शर्माले २ वटा स्क्रिन हाउस निर्माण गरेको बाली प्रसार अधिकृत मण्डलले जानकारी दिए । हाल बुद्धिराज पाल्पाली तथा चुराराज शर्माको स्क्रिन हाउसबाट बार्षिक ९÷९ हजार र दिपक थापाको स्क्रिन हाउसबाट ८ हजार गुणस्तरीय जुनारको बेर्ना उत्पादन भइरहेको उनको भनाइछ । उक्त स्क्रिन हाउसबाट उत्पादित बेर्ना जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले खरिद गरी किसानहरुलाई अनुदानमा बितरण गरिदै आएको पनि मण्डलले बताए ।
कम्तिमा दुई बर्षको बेर्ना रोप्न उपयुक्त हुने भएपनि जुनार नर्सरीको अभाबमा जिल्लमा मंसिरमा गासेको बेर्ना असारमै रोपिदै आएकोमा जिल्लामा ४ वटा स्क्रिन हाउसबाट बेर्ना उतपादन हुन थालेसंगै अब किसानले गुणस्तरीय बेर्ना पाउने कार्यालयको अपेक्षा छ । रामेछाप, ओखलढुङगा, खोटाङ, उदयपुर, बाग्लुङ लगायत देशका बिभिन्न स्थानबाट सिन्धुलीमा उत्पादित जुनार बेर्नाको माग बढ्दो भएपनि जिल्लामा पर्याप्त बेर्ना उत्पादन गर्न नसक्दा हाल रामेछापमा मात्र निर्यात हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा ४ वटा स्क्रिन हाउस निर्माणसंगै जुनार बेर्ना उतपादन गरिने नर्सरीको संख्या १८ पुगेको छ । कृषि प्रसार अधिकृत मण्डलका अनुसार जिल्लामा खुल्ला रुपमा उत्पादन गरिने जुनार बेर्ना नर्सरी १४ वटा छन । मिमन पुलामी

प्रकाशित मिति: सोमवार, साउन १०, २०७३