आइतवार, बैशाख १६, २०८१

तरकारी पसल व्यवस्थित गरिँदै

सुर्खेत,१० श्रावण । किसानहरुले उत्पादन गरेको कृषि बस्तुलाई बजारसम्म पु¥यानका लागि वीरेन्द्रनगरमा सञ्चालनमा रहेका फलफुल तथा तरकारी पसललाई व्यवस्थित गरिने भएको छ । किसानले उत्पादन गरेको तरकारीलाई किनबेच गर्न सहज हुने र फलफुल तथा तरकारीको मुल्यमा एकरुपता ल्याउन मण्डीहरुलाई व्यवस्थित गर्न लागिएको हो ।
फुटपातका पसललाई व्यवस्थित गर्ने उद्देश्यले बुलबुले क्षेत्रीय कृषि उपज केन्द्र सुर्खेतले आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिइएको छ । जिल्ला कृषि विकास कार्यालमार्फत कृषि मन्त्रालय बजार विकास निर्देशनालयबाट १ करोड ३३ लाखमा निर्माण भएको १२ कोठे भवन बिहीबारदेखि सञ्चालनमा आएको छ । १८ कट्टामा रहेको उक्त हाटबजार केन्द्र ४ वटा भवन निर्माण भइसकेका छन् भने हाल १२ वटा मण्डीहरु सञ्चालनमा रहेको उपज विक्रि केन्द्र व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभीएपी) को ३ करोड ४९ लाख लागतमा बाँकी ४ वटा भवन बन्नेछन् । सोही लागतमा नाला र मैदानको समेत ग्रावेल गरिने बताइएको छ । उक्त ४ वटा भवनमा १४ वटा कोठा रहने छन् ।
बजार व्यवस्थापन पछि किसानहरुले प्रत्यक्ष रुपमा तरकारी तथा फलफुल बेच्न पाउने बाबु एण्ड शाही शव्जी मण्डीका सञ्चालक प्रबल शाहीले बताए । बजारलाई व्यस्थित गरेपछि फुटपातमा सञ्चालन भएका मण्डीहरुले आफुखुसी मूल्य लिने गर्दा ग्राहक ठगिने, कालोबजारी लगायतका गतिविधि न्यूनिकरण हुने अपेक्षा गरिएको छ । उक्त उपज केन्द्रले वीरेन्द्रनगर नगपालिका तथा छिमेकी जिल्लाहरुमा तरकारी आपुर्ति गर्दै आएको छ । कृषि उपज केन्द्र दूर्गन्धित बन्दै जान थालेपछि फोहोर व्यवस्थापनका लागि ग्रिनसिटीसँग समन्वय गर्ने भएको छ । डिलप्रसाद शर्मा

प्रकाशित मिति: सोमवार, साउन १०, २०७३