आइतवार, बैशाख १६, २०८१

रासायनिक मलमा कालाबजारी

लहान १०, श्रावण । किसानहरु कहिले अभावको पीडा कहिले महंगीको पीडाले रन्थनाउनु रेको छ । धानको रोपाईको चटारोमा रहेका सिरहा जिल्ला किसानहरु यसवर्ष रसायनिक मलखादको अभाव नभए पनि चिन्तामा देखिएका छन् । किसानहरु चिन्तामा हुनुको कारण मल प्रशस्त पाइएता पनि विगतका बर्षहरुमा भन्दा यस बर्ष व्यापारी तथा डिलरहरुले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेकाले हो ।
धानबाली रोपाइँ गर्ने समयमा पनि बजार अनुगमन नहुँदा जिल्लाको विभिन्न स्थानमा रहेका मलखादका थोक तथा खुद्रा बिक्रेताले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेका छन् ।
सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्था मार्फत जिल्लाका किसानलाई मलखाद उपलब्ध गराउँदै आएका छन् ।
सुपथ मूल्यमा बिक्री गर्ने भनी लगिएको मलखादमा डिलरले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको किसानको गुनासो छ । डिलरहरुले धान रोपाइँ गर्ने चटारोमा मौकाको फाइदा उठाउँदै युरिया, डिएपी तथा पोटासलगायतका मलखादमा निर्धारित मूल्य भन्दा प्रति बोरामा रु २०० देखि ३०० सम्म बढी मुल्य बढाएर बिक्री गर्ने गरेको किसानले दुखेसो पोखेका छन् ।

प्रकाशित मिति: सोमवार, साउन १०, २०७३