सोमवार, बैशाख ३१, २०८१

कालिमाटी बजारमा त्रिसठ्ठी टहरा भत्काईए

काठमाडौं, श्रावण । कृषि विकास मन्त्रालयको लामो प्रयासपछि आफै मातहतमा रहेको कालिमाटी तरकारी तथा फलफूल बजारभित्र लामो समयदेखि भाडा नतिरी अनाधिकृत रुपमा बनाइएका टहरा भत्काउन सफल भएको छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अध्यक्ष तथा कृषि विकास मन्त्रालय प्रशासन महाशाखाका सहसचिव काशीराज दाहालले शनिबार बजार अनुगमन गर्दै बजार भित्र व्यापार गर्ने र टहरा बनाउनेहरुलाई कानूनी दायरामा आउन आग्रह गरेका थिए ।kfm कानूनी दायराभित्र नआए बजारमा अनाधिकृत रुपमा बनाईका टहराहरु भत्काउने चेतावनी दिएको चौविस घण्टा पनि वित्न नपाउंदै आइतबार अनधिकृत रुपमा बनाइएका ६३ वटा टहरा भत्काएको छ । समितिका अध्यक्ष समेत रहेका दाहालले कृषिसंग कुरा गर्दै गैरकानूनी रुपमा तरकारी बजारको सडक पेटी तथा खाली ठाउँमा अनुमतिविना टहरा बनाएर व्यापार गर्नेहरुलाई कानूनी दायरामा ल्याउन आफूले गरेको प्रतिवद्धता शुरु गरेको उनले बताए ।
कालिमाटी तरकारी तथा फलफूल बजारभित्र पसल संचालनका लागि करिब साँढे पाँच सय व्यापारीले अनुमति लिएको भएपनि समितिसंग अनुमति लिनेहरुले व्यापार नगरी स्टल ठेक्कामा अरुलाई नै दिंदै आएको देखिन्छ । काठमाडौंको मुख्य केन्द्रमा रहेको सो तरकारी तथा फलफूल बजार सुधार अभियानमा आफू जुटेको बताउंदै अध्यक्ष दाहालले गैर कानूनी रुपमा रहेको अन्य पसलहरुलाई पनि आफूले हटाउन निर्देशन दिएको बताए ।- उमेश भण्डारी

प्रकाशित मिति: आइतवार, साउन ९, २०७३