बिहिबार, बैशाख २०, २०८१

झुठ बोले साना किसान वैकका सिईओले

uttam jalan
भैरहवा । कृषि विकास मन्त्रालयलको सचिव उत्तम कुमार भट्टराईको किर्ते हस्ताक्षर गरेर साना किसान वैंकका नामबाट इजरायलमा मानव तस्करी गरी सयौं युवा युवतीको करोडौं रुपैयां ठगी गर्न लागेको समाचार प्रकाशनमा आएपछि सचिव भट्टराईले केही साता अगाडि मात्र मन्त्रालय मार्फत प्रेस विज्ञप्ति नै प्रकाशन गरेर युवा युवतीलाई इजरायल पठाउने काममा आफ्नो संलग्नता नभएको बताए । सो विषयमा साना किसान विकास वैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले पनि कृषि विकास मन्त्रालयलेसंग आफूले कुनै पनि सहकार्य नगरिरहेको बताएका थिए । तर अहिले साना किसान विकास वैंकका कार्यकारी अधिकृत जलनकुमार शर्माले दिएको अभिव्यक्ति नै झुठो प्रमाणित भएको छ ।
कृषि विकास मन्त्रालयसंग वैंकले कुनै काममा पनि अनुदान नलिएको र सहकार्य नगरेको बताउने शर्माले मन्त्रालयकै मातहतमा सञ्चालन भईरहेको किसानका लागि उन्नत बीउ विजन कार्यक्रममा सहकार्य गरिरहेको पुष्टि भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि र साना किसान विकास वैंकको संयुक्त आयोजनामा भैरहवामा भएको साना किसान कृषि सहकारी संस्थाहरुको हस्तान्तरण कार्यक्रममा सचिव भट्टराई पुगेपछि सो कुरा पुष्टि भएको हो । नेपाल सरकार कृषि विकास मन्त्रालय र इफार्डको सहयोगमा सञ्चालन गरिएको किसानका लागि उन्नत विउ विजन कार्यक्रम अन्तर्रगत स्थापना भएका कृषि सहकारी संस्थाको हस्तान्तरण गरियो जसलाई साना किसान विकास वैंकले आफ्नो सञ्जालका रुपमा परिभाषित गर्दै आएको छ ।
कृषि विकास मन्त्रालयसँग कुनै सहकार्य नगरिरहेको बताउंने जलन कुमार शर्माले मन्त्रालयसंग सहकार्य छैन भन्दै किन झुठो अभिव्यक्ति दिए भन्ने विषयमा सम्पर्क गर्दा उनको मोवाइल स्वीच अफ गरिएको थियो । साना किसान विकास वैंकसंग नाम जोडिएर विवादमा मुछिएपछि सोही संस्थाको कार्यक्रममा कृषि सचिव उत्तम कुमार भट्टराई किन गए भन्ने प्रश्न उब्जिन थालेको छ ।
बाहिर सहकार्य छैन भन्दै कृषि विकास मन्त्रालयका धेरै कार्यक्रममा सहकार्य गरिरहेको साना किसान विकास वैंकमाथि प्रश्न उठाउने धेरै आधारहरु देखिएका छन् । कृषि विकास मन्त्रालयले केही समय अगाडि जारी गरेको प्रेस विज्ञप्ति माथि नै यतिखेर प्रश्न उठाउन थालेका छन् । इजरायल काण्डले निम्त्याएको समस्या समाधान गर्नका लागि साना किसान विकास वैंकले अझै चासो दिएको छैन भने मन्त्रालयले पनि हतारमा प्रेस विज्ञप्ति जारी गर्दै अहिले सोही संस्थासँग सहकार्यमा जुट्नुमा केही रहस्य छ कि ?
सचिव जस्तो पदमा बसेका व्यक्तिको किर्ते हस्ताक्षर गरी इजरायल धन्दा गर्ने मानव तस्करहरुलाई जोगाउन कोको लागेका छन् ? कुरामा मन्त्रालय र साना किसान विकास वैंकले खोजी किन गरिरहेको छैन ? प्रश्न जटिल र गम्भीर बन्दै गईरहेको छ । करोडौं रुपैयां ठगी गर्नेहरुलाई कानूनी दायरमा ल्याउन सम्वन्धित पक्षले किन पहल गरिरहेको छैन ? यसको छानविन हुनु जरुरी छ । रामप्रसाद विद्रोही

प्रकाशित मिति: सोमवार, असार २७, २०७३