शुक्रबार, जेष्ठ ४, २०८१

कृषिमा पाँच करोड कर्जा

कञ्चनपुर, २६ असार । कृषि विकास बैंक बैंकिङ कार्यालय झलारी कञ्चनपुरले आठ महिनाको अवधिमै १३१ व्यक्तिलाई रु पाँच करोड कर्जा प्रदान गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रुपमा पुँजीको व्यवस्था गर्नका लागि बैंकले किसानलाई माछा, कुखुरापालन, केराखेती र पावर टूेलर खरिद गर्नका लागि कर्जा प्रदान गरेको हो ।
सहकारीलाई थोक कर्जा, व्यापार, घरायसी कर्जा र वैदेशिक रोजगारका लागि कर्जा लगानी गरिएको बैंकका प्रवन्धक जगदिशप्रसाद पन्तले बताए ।“विसं २०७२ कात्तिक २३ गते स्थापना भई कारोबार सुरु गरेको बैंकले उत्पादन, वितरण, उपभोग, रोजगारी र आम्दानी लगायतका आर्थिक क्रियाकलापमा योगदान पु¥याउन कटिबद्ध रहेको छ” प्रबन्धक पन्तले बताए ।

प्रकाशित मिति: आइतवार, असार २६, २०७३