शनिबार, बैशाख २२, २०८१

चार महिनामा चौध सय किसानको आत्महत्या

नयाँ दिल्ली, १ बैशाख । भारतीय कृषिमन्त्री राधा मोहन सिंहले प्रेम प्रंसग र नपुंसकताका कारण यो बर्ष एक हजार ४ सया भारतीय किसानहरुले आत्महत्या गरेको खुलासा गरेका छन् । उनले राज्यसभामा सो कुरा बताएपछि भारतीय जनता पार्टीका लागि लाजमर्दो अवस्था सृजना भएको बताइएको छ । radha mohan
यति ठूलो संख्यामा किसानहरुले आत्महत्या गर्नुको कारण पारिवारिक समस्या, औषधी उपचारको अभाव, दाइजो, प्रेम प्रंसग र नपुंसकता नै भएको बताएका छन् । साथै उलने कृषि कर्जाका कारण पनि आत्महत्याको कारण भएको बताए । भारतीय कृषि मन्त्री राधा मोहन सिंहको सो भनाई प्रति विपक्षी राजनीतिक दलहरुले कडा रुपमा विरोध गरेका छन् । कांग्रेस उपाध्यक्ष राहुल गांन्धिले सिंहको अभिव्यक्ति प्रति आपत्ति व्यक्त गर्दै कृषि मन्त्री किसानको घरमा पुगेर समस्या के हो बुझ्नु पर्ने बताए ।
सन् २०१६ देखि आजसम्म १ हजार ४ सय किसानहरुले आत्महत्या गरेको नेशनल क्राइम रेकर्डको तथ्यांकका आधारमा आफूले बताएको भन्दै आफ्नो बचावट गरेका छन् ।

प्रकाशित मिति: बुधबार, बैशाख १, २०७३