सोमवार, बैशाख २४, २०८१

एमालेको किसान महासङ्घमा बामदेव गौतम

bamdev

काठमाडौँ,चैत । अखिल नेपाल किसान महासङ्घको छैटौँ सम्मेलनले वामदेव गौतमको अध्यक्षतामा राष्ट्रिय समिति निर्वाचित गरेको छ ।काठमाडौँमा आइतबार सम्पन्न सम्मेलनले सहअध्यक्षमा केशवलाल श्रेष्ठ, महासचिव बलराम बाँस्कोटा, उपमहासचिव डिबी कार्की र बाबुराम थापा, सचिव लालबहादुर विश्वकर्मा र दाताराम खनाल तथा कोषाध्यक्षमा माया केसीलाई चयन गरेको छ । यस्तै सम्मेलनले प्रदेश नं– १ को उपाध्यक्षमा बलवीर चौधरी, २ मा रामअवतार यादव, ३ मा हरिप्रसाद पराजुली, ४ मा शारदाप्रसाद सुवेदी, ५ मा कमल श्रेष्ठ, ६ मा यामलाल कँडेल र प्रदेश नं– ७ मा लालबहादुर थापालाई चयन गरेको छ । त्यसैगरी खुल्ला केन्द्रीय सदस्यमा १९, खुल्ला महिला सदस्यमा १३ तथा प्रत्येक प्रदेशबाट पाँच÷पाँच खुल्ला तथा दुई महिला सदस्य गरी ४९ जनालाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र २९, २०७२