बिहिबार, बैशाख २०, २०८१

खडेरीले अन्नबाली सुक्यो

डोल्पा, २९ चैत । जिल्लामा खडेरीका कारण अन्नबाली सुक्न थालेको छ । समयमै पानी नपरेका कारण कृषकले अन्नबाली नै लगाउन पाएका छैनन् भने कतिपय गाउँमा लगाइएको गहुँ, जौ पनि उम्रिएन नपाई सुक्न थालेको छ । खडेरीले अन्नबाली सखाप भएपछि कृषकले पशुचौपाया छाडा छोड्न थालेका छन् । जिल्लाका सबैजसो गाविसमा सिँचाइको सुविधा नभएकाले अन्नबाली लगाउँदा आकाशेपानीको भर पर्नुपर्दछ ।
खडेरीले जौ, उवा लगायत अन्नबाली सुक्न लागेपछि यस बर्ष खडेरीले जिल्लामा खाद्यान्नको चरम सङ्कट हुने देखिएको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र २९, २०७२