मङ्लबार, बैशाख २५, २०८१

पशु मन्त्रीले चढेको गाडी कृषि मन्त्रालयले  खोस्यो !

काठमाडौं, चैत्र । सुन्दा अचम्म लाग्न सक्छ, एउटा मन्त्रालयले अर्को मन्त्रालयको मन्त्रीले प्रयोग गर्दै आईरहेको सवारी खोस्यो भन्दा । तर यो यथार्थमा परिणत हुंदैछ । त्यो पनि विगतमा एउटै मन्त्रालय अहिले विभाजित भएको मन्त्रालयको कथा हो यो । कृषि विकास मन्त्रालयबाट विभाजित भएको पशुपन्छी विकास मन्त्री शान्ता मानवीले प्रयोग गर्दै आईरहेको बा १ झ ८९०३ सवारी कृषि विकास मन्त्रालयले फिर्ता गर्न पत्राचार गरेपछि पशुपन्छी विकास मन्त्रालय र कृषि विकास मन्त्रालय वीचको सम्वन्ध सुधार हुनु पर्नेमा झन् विवादित हुन पुगेको छ । van
कृषि विकास मन्त्रालयले पशुपन्छी विकास मन्त्रीले शान्ता मानवीले चढेको गाडी फिर्ता गरेर बैकल्पिक उपाय खोज्न पत्राचार गरेको पशुपन्छी मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले मन्त्रालयको १०० दिनमा भएको उपलब्धी प्रस्तुत गर्दा बताएका हुन् । उनले कृषि विकास मन्त्रालयले गाडी फिर्ता गर्न पत्र पठाएकोमा आक्रोशित हुंदै कृषि मन्त्रालयले ठूलो धृष्टता गरेको बताए ।
आफूहरुलाई सुकुलमा राखेर मन्त्रालयको भवन कृषि विकास मन्त्रालयले नै कब्जा गरेको बताउंदै सचिव पौडेले कृषि विकास मन्त्रालयका कर्मचारीतन्त्रले पशुपन्छी विकास मन्त्रालयमाथि अन्याय गरेको बताए । सचिव पौडेलले मन्त्री शान्ता मानवीले प्रयोग गर्दै आईरहेको सवारी खोस्न लागेको आरोपका विषयमा कृषि विकास मन्त्रालय प्रशासनले इन्कार गरेको छ । कृषि विकास मन्त्रालयको प्रशासनले भने पशुपन्छी विकास मन्त्रालयलाई त्यस्तो कुनै पनि पत्र नपठाएको जनाएको छ ।
कृषि विकास मन्त्रालयको प्रवक्ता एवं सहसचिव योगेन्द्रकुमार कार्कीले भने ‘ प्रशासनिक रुपमा मन्त्रीले प्रयोग गरेको सवारी साधन फिर्ता नमागिएको र पशुपन्छी विकास मन्त्रीले प्रयोग गर्ने सवारी पनि राष्ट्र र किसान कै विकासका लागि राज्यले उपलब्ध गराउने भएकाले कर्मचारीहरु त्यसको पछाडि नलागेको बताए ।

प्रकाशित मिति: बुधबार, चैत्र २४, २०७२