आइतवार, जेष्ठ ६, २०८१

सहुलियतामा कृषि ऋण पाएनन्

वीरगन्ज, २४ चैत । किसानहरुलाई सहुलितय ऋण प्रदान गर्ने सरकारी नीति असफल हुन थालेको छ । सहुलितय कृषि ऋण पाउन किसानहरुलाई हम्मे हम्मे पर्ने गरेको छ । कृषि उत्पादन अभिवृद्धि गरी स्थानीय रोजगारीका अवसर सिर्जना र खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारले कृषकलाई सहुलियतमा ऋण उपलब्ध गराउने नीति लिएको थियो । अन्य क्षेत्रमा जस्तै भारतसँग सीमा जोडिएका पर्साका दक्षिणी भेगका कृषकले पनि सो सुविधा पाउन सकेका छैनन् ।
सरकारले कृषि कार्यका लागि मुलुकभरिका सरकारी बैंकबाट छ प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरे पनि यहाँका अधिकांश कृषकले भने कृषि ऋण मात्र होइन् सरकारी बैंकबाट अन्य ऋणसमेत पाउँदैनन् । सीमावर्ती क्षेत्रका जग्गा सरकारी बैंकले धितो राख्न नमान्दा उक्त क्षेत्रका कृषक सरकारी सेवाबाट वञ्चित भएका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत्र २४, २०७२