आइतवार, जेष्ठ ६, २०८१

पन्ध्र मेट्रिक टन बीउ वितरण

पाँचथर, २३ चैत । जिल्ला कृषि विकास कार्यालयले मकैखेतीका लागि किसानलाई १५ मेट्रिक टन बीउ वितरण गरिएको छ । किसानलाई गत माघ १५ देखि चैत १५ गतेसम्म बीउ वितरण गरिएको हो । कार्यालयका कृषिप्रसार अधिकृत नीलकोमल सिंहका अनुसार वितरण गरिएको उक्त बीउले जिल्लाको १२ हजार रोपनीमा खेती गर्न सकिनेछ । मध्यपहाडी वृहत्तर मकै बीउ उत्पादन कार्यक्रमअन्तर्गत फिदिम, याङ्नाम र यासोक क्षेत्रका किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो ।
किसानलाई मनकामना–३, अरूण–१, रामपुर कम्पोजिट र देउती जातको बीउ वितरण गरिएको छ । यस्तै माटोको अम्लियपना घटाउन आङ्सराङको सिद्धार्थ कृषि सहकारी संस्थालाई पाँच मेट्रिक टन कृषि चुन वितरण गरिएको छ ।
अम्लिय वर्षा, घरायसी मलको कम प्रयोग र युरिया मल आवश्यकताभन्दा बढी प्रयोग गर्दा माटोमा अम्लियपना बढ्नुका साथै उत्पादनमा कमी आउने गरेको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २३, २०७२