सोमवार, बैशाख २४, २०८१

पुष्प व्यवसायलाई आधुनिकीकरण गर्न मन्त्रीको आग्रह

काठमाडौँ, चैत । युवा रोगगारीका लागि अभिन्न अंग बनेको पुष्प व्यवसायको विकास गर्न अझै वाँकी रहेको कृषि विकास मन्त्री हरिबोल गजुरेललेले बताएका छन् । उन्नाइसौँ पुष्प प्रदर्शनी कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री गजुरेलले सो कुरा बताएका हुन् ।hariii
पुष्प व्यवसायलाई प्रतिष्पर्धी बनाउनका लागि उन्नन बीउ विजन, तालिम प्राप्त किसानहरुको आवश्यकता रहेको उल्लेख गर्दै मन्त्री गजुरेल पुष्प व्यवसाय पछिल्लो समयमा युवाहरुको आकर्षक कृषि व्यवसाय बन्दै गईरहेकाले यसको आधुनिकीकरण तर्फ अग्रसर हुन व्यवसायीलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै कृषि सचिव उत्तमकुमार भट्टराईले पुष्प व्यवसायीहरुले गुणस्तरीय पुष्प उत्पादनमा ख्याल गर्नु पर्ने बताए । पुष्प व्यवसाय नीतिलाई कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह गर्दै उनले पुष्प व्यवसायीहरुले ऋण र बीमाको सहयोग पाउने समेत बताए ।
वार्षिक रु एक अर्ब ३४ करोड ७५ लाखको कारोबार हुने पुष्प व्यवसायबाट हाल ४१ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन् । सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय हाल ३८ जिल्लामा करिब ६७५ पुष्प फर्म तथा नर्सरी विस्तार भइसकेको छ । दुई हजार ८२० रोपनी जमिनमा व्यावसायिक खेती विस्तार भएको छ । चार दिनसम्म चल्ने सो मेलामा ६४ वटा स्टल राखिएका छन् । पुष्प व्यवसायलाई प्रवद्र्धन गर्नकै लागि कृषि विकास मन्त्रालयले चालु आर्थिक बर्षमा ५ करोड ५० लाख रुपैया छुट्याएको मन्त्रालयले जनाउको छ । -निर्मला भट्ट

प्रकाशित मिति: बिहिबार, चैत्र १८, २०७२