आइतवार, जेष्ठ ६, २०८१

एक करोडको सुन्तला क्षति

पोखरा, १८ चैत । बुधबार कास्कीमा परेको असिनापानीका कारण सुन्तला खेतीमा रु एक करोडभन्दा बढीको क्षति पुगेको छ ।
जिल्लाका कृष्तिनाच्ने चौर, निर्मलपोखरी, भरतपोखरी र पुम्दीभुम्दीलगायत स्थानमा सुन्तलाको फूल र चिचिला पूर्णरुपमा झरेको छ । सुन्तला उत्पादक सङ्घका उपाध्यक्ष उमानाथ सुवेदीका अनुसार असिनापानीबाट कृष्तिनाच्ने चौरमा ७० प्रतिशत, निर्मलपोखरीमा ५५, भरतपोखरीमा ४० र पुम्दीभुम्दीमा ३५ प्रतिशत क्षति पुगेको छ ।
असिनापानीबाट सुन्तलाका साथै तरकारी, मकै, कफी, कागती लगायत खेतीमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र १८, २०७२