सोमवार, बैशाख २४, २०८१

गाई मर्दा रुने मन्त्री किसान मर्दा रोएनन्

काठमाडौं,चैत्र । सोमबार साँझ काठमाडौंमा एक्कासी परेको हावाहुरीले धेरैलाई विल्लिबाठ बनाईदिएको छ । भूकम्पको पीडामा अल्झिएर बसेका धेरै भूकम्प पीडितहरुका लागि त झन् यसले ‘गरीवले खाने बेलामा आँधी हुरी’ भन्ने उखान जस्तै बनाईदियो । भूकम्प पीडितहरुका लागि सरकारले दिएका आश्वासनहरु एक बर्ष वित्न लाग्यो । तर कहिं कतै पनि कार्यान्वयन हुन सकेको छैन् । तिनै भूकम्प पीडितहरुका नाममा करोडौं रुपैयाँ कुम्ल्याउ सफल भए । तर पीडितहरुले राहत पाउन सकेका छैनन् । अहिले हावा हुरीका कारण धेरै किसानहरुका तरकारी उत्पादन गर्ने टनेलहरु उडाएको छ । लाखौंको ऋण काढेर व्यवसायिक कृषि गरिरहेका किसानहरु रोइरहेका चर्को ऋणका व्याजले मरिरहेका छन् तर फिल्ममा गाई मरेको दृश्य देखेर रुने कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलको आँखामा अहिले किन आंशु आउन सकेन । Haribol-Gajurel-cry
कृषि विकास मन्त्रालय यतिखेर बजेट निर्माणमा लागि रहेको छ । कृषि मन्त्री फिल्म हेरेर रोईरहेका छन् । सोमबारको हावाहुरीले किसानहरुको करोडौंको क्षति भएको छ तर कृषि मन्त्री रोएका छैनन् । ‘मन्त्रीज्यू फिल्ममा गाई मर्दा त रुनु भयो । अहिले हुरीले धेरै किसानहरुलाई जीवन र मरणको अवस्थामा पु¥याईदिइएको छ तपाईका आंखामा आंशु किन आउन सकेनन ? धेरै किसानहरुको यही प्रश्न छ कृषि मन्त्रीलाई ।
हावा हुरीको पीडामा सिन्धुपाल्चोकका नैना लामा पनि परे । नैना लामाले मूलपानीमा करीव ३५ रोपनी जग्गामा व्यवसायिक तरकारी फार्म सञ्चालन गरेका थिए । विगत तीन बर्षदेखि क्रियाशील रुपमा तरकारी उत्पादनका लागेका लामाले गतबर्ष पनि हावाहुरीसंगै धेरै टनेलहर गुमाउए । जिल्ला कृषि विकास कार्यालय काठमाडौंमा गएर राहतका लागि निवेदन पनि हाले तर आजका दिनसम्म पाउन सकेका छैनन् । tanel
अहिले फेरि विपत्ति आईपरेको छ । लाखौ रुपैयाँ खर्च गरेर व्यावसायिक कृषि गरिरहेका उनको सपना गत सोमबारको हावा हुरीले एकै छिनमा तहस नहस गरिदिएको छ । करीव ५० लाख खर्च गरेर बनाएको एक सयवटा भन्दा बढी टनेल त्यही हावाहुरीले लथालिङ्ग बनाईदियो । प्लाष्टिक घर सवै उडाईदियो । २० लाख बराबरको टनेल पूर्ण रुपमा क्षति भएको छ उनको । न रुन सकेका छन् न हांस्न नै ।
सरकारले कृषिलाई व्यवसायिक बनाउनु पर्दछ भने पनि व्यवसाय गर्ने युवा पुस्ताहरुले यस्तै हावा हुण्डरीको सामना गर्नु परेको छ । कतैबाट पनि राहत पाउदैनन् किसानहरुले । फेरि सरकार भनिरहेको छ युवा लक्षित कृषि विकासका कार्यक्रम सफल भएको छ । नैना लामा त एक उदाहरण मात्र हुन् । यस्ता सयौं किसानहरुको तरकारी फार्म यतिखेर ध्वस्त छ । तर जिल्ला कृषि विकास कार्यालयहरुसंग कुनै रेकर्ड छैन । जिल्ला कृषि विकास कार्यालय काठमाडौंका कर्मचारीहरु भन्छन् अहिलेसम्म कोही पनि गुनासो गर्न आएका छैनन् रे ! गुनासो गरेर नै विचार किसानहरुले के नै पाउंछन् र गुनासो गर्न आउन् । अहिले काठमाडौं उपत्यका भित्र मात्र करीव तीन सयभन्दा बढी टनेलहरु ध्वस्त भएको व्यवसायिक किसानहरु बताउंछन् । यो विषम परिस्थितिमा किसानहरुलाई राहतको केही प्याकेज ल्याउने तिर मन्त्रालयले किन चासो दिएको छैन खै ? कि त्यसका लागि फेरि कृषि मन्त्री रुनु पर्ने हो ?

प्रकाशित मिति: बुधबार, चैत्र १७, २०७२