आइतवार, जेष्ठ ६, २०८१

बीउ भण्डारण भवन निर्माण

म्याग्दी, १७ चैत । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दी जिल्लाको बरङ्जा गाविस–९ धापुमा आलुको बीउ भण्डारण भवन निर्माण गरिएको छ ।
दश मेट्रिकटन क्षमताको उक्त भवन रु पाँच लाख तीन हजामा निर्माण भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक श्यामराज क्षेत्रीका अनुसार भवन निर्माणमा कार्यालयको रु दुई लाख ६१ हजार र किसानको रु दुई लाख ४२ हजार लगानी भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत्र १७, २०७२