आइतवार, जेष्ठ ६, २०८१

हिमाली आयोजनामा प्रमुख नहुंदा काम ठप्प

काठमाडौं । पशुपन्छी विकास मन्त्रालयको एक मात्र ठूलो आयोजनाका रुपमा रहेको हिमाली आयोजना विगत तीन महिनादेखि आयोजना प्रमुख विहिन हुंदा पनि मन्त्रालय कानमा तेल हालेर बसिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा छानविन गरिरहेको लप्सीमा पिएचडी धारी पशुपन्छी विकास मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल सहसचिव स्तरका कर्मचारीलाई नासुको जिम्मेवारी दिएर काममा लदाईरहेका छन् । himali
पशुपन्छी विकास मन्त्रालयमा हुकुमी शासन चलाउंदै आईरहेका सचिव पौडेलका कारण पशुपन्छी विकास मन्त्रालय दिनप्रतिदिन खस्कंदै गईरहेको छ । एडिवीको आर्थिक सहयोगमा सञ्चालनमा रहेको मन्त्रालयको सवै भन्दा ठूलो आयोजना हिमाली आयोजनामा आयोजना प्रमुख डा. अमर शाहले राजीनामा दिएर गएपछि विगत तीन महिनादेखि आयोजना कार्यालय प्रमुख विहिन अवस्थामा चल्दै आएको छ ।
निमित्त आयोजना प्रमुख रहेका कौशल पौडेल पनि सहसचिवमा बढुवा भएपछि अहिले हिमाली आयोजना शाखा अधिकृतको भरमा चलिरहेको छ । करोडौंको अनुदान उपलब्ध गराउंदै आईरहेका हिमाली आयोजनामा आयोजना प्रमुख नहुंदा प्रस्ताव पास गरेर अनुदान सम्झौता गर्न बसेका व्यवसायिक किसानहरुसँग आयोजना सम्झौता गर्न सकेको छैन । आयोजना सम्झौता हुन नसकेपछि हिमाली आयोजनामा कार्यरत कर्मचारीहरु पशु सेवा विभागका महानिर्देशक गुहार्न पुगेका छन् ।
तर, हिमाली आयोजनाको प्रमुख नियुक्तिका लागि मन्त्रालय मार्फत सामान्य प्रशासन मन्त्रालयले नै पशुपन्छी विकास मन्त्रालयको सहसचिव मध्येबाट एक जनालाई जिम्मेवारी दिन सक्नेछ । आर्थिक चलखेलका लागि प्रमुख अड्डा मानिने सो आयोजना आयोजना प्रमुख हुनका लागि विगतमा नै केही सहसचिवले तात्कालिन अवस्थामा कृषि विकास मन्त्रीको चाकडी र आर्थिक प्रलोभनमा पार्न खोजे पनि त्यसबेलाका आयोजना प्रमुख अमर शाह पारदर्शि र विवाद रहति भएकै कारण उनलाई त्यहाँबाट हटाइएको थिएन ।
आफू मातहतको आयोजना प्रमुख विहिन हुंदा मौन बसिरहेका सचिव कृष्ण चन्द्र पौडेल अहिले विना तयारी मन्त्रालयले सार्वजनिक गरेको ४० बुंदे प्रतिवद्धता कार्यान्वयन गर्ने भन्दै आफू मातहतमा रहेको सहसचिव, उपसचिव लगायतका कर्मचारीहरुलाई हलि बनाउने प्रयास गरिरहेका छन् । हिमाली आयोजनामा कार्यालय प्रमुख विहिन बनाउनुमा सचिव पौडेलको पनि स्वार्थ लुकेको जानकारहरु बताउंछन् ।
हिमाली आयोजनामा जानका लागि पहल गरिरहेका डा बंशी मिश्रलाई नव गठित पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेपछि आयोजना प्रमुख हुने उनको मौका गुमेको छ । अहिले पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. विमलकुमार निर्मललाई पशु सेवा विभागको उप महानिर्देश सहित हिमाली आयोजना प्रमुख बनाउने मन्त्रालयबाट गरिएको भएपनि सामान्य प्रशासन मन्त्रालयमा फाइल अड्किएको बताइको छ ।

प्रकाशित मिति: बुधबार, चैत्र १७, २०७२