सोमवार, बैशाख २४, २०८१

घाटा सहेरै २५ बर्षदेखि संस्थानलाई दूध

चितवन/ दूध अमृत हो । तर अमृत उत्पादन गर्ने पशुपालक किसानहरुको पीडा भने हरेक दिन विष पिए जस्तै बनिरहेको छ । विहान चारै बजेदेखि उठेर गोठसफ ा गर्ने, गाई बस्तुलाई आहारा ख्वाउने,दूध दुहुने अनि त्यही दूध, दुग्ध विकास संस्थानको संकलन केन्द्रमा फ्याटका आधारमा लागत मूल्य नआएपनि विक्री गर्ने । नेपाली किसानहरुको दैनिकी हो । dilaलाखौं किसानहरुले यसैगरी लागत मूल्य नपाएपनि दूध उत्पादन गर्न भने छाडेका छैन् । त्यस्तै पीडाका बाबजुत पच्चीस बर्षदेखि गाईपालन र दूध उत्पादनमा लागेर दुग्ध विकास संस्थानलाई दूध उपलब्ध गराउंदै आईरहका चितवनको भरतपुर नगरपालिका वडा नं. ५ लक्ष्मीपुरका पशुपालक किसान डिलाराम (कृष्ण) कंडेल । ४५ बर्षिय कंडेल २० बर्षको उमेरदेखि नै गाईपालन गर्न थाले । आफूले उत्पादन गरेको गाईको दुध हरेक दिन दुग्ध विकास संस्थान पु¥याउंदै आईरहेका छन् । ५ विघा क्षेत्रफल जमिनमा ५० वटा गाई पालन गर्दै आईरहेका छन् अनि त्यही जमीनमा गाईका लागि आवश्यक घाँस पनि उत्पादन गर्दै आईरहेका छन् ।
कंडेल भन्छन्, दूध उत्पादनको लागत मूल्य नै आउंदैन, प्रति लिटर ४० रुपैयां दुग्ध विकास संस्थानले दिन्छ । सो रकमले दूधको उत्पादन लागत मूल्य पनि आउंदैन । दैनिक १६० लिटर दूध उत्पादन गर्दै आईरहेका कंडेलले २५ बर्षदेखि नै घाटा सहेर दुग्ध विकास संस्थानलाई आफूले उत्पादन गरेको दूध नियमित रुपलब्ध गराउंदै आईरहेको बताउछन् । निजी क्षेत्रले दूध मागेपनि आफूले घाटा सहेरै संस्थानलाई उपलब्ध गराएको उनको भनाई छ । घाटा सहेरै दूध विक्री किन गरेको त भन्ने प्रश्नमा कंडेल भन्छन् एकदुई रुपैयां बढी दिए जस्तो गर्ने निजी डेरीहरुले मन लागे दूध किनिदिने मन नलागे नकिन्ने गर्दछन् । त्यसो गर्नु भन्दा संस्थानलाई दिंदा संधै दूध बजार बढाउन सकिने उनको भनाई छ ।
घांसमा आधारित गरेर दूध उत्पादन बृद्धि गर्न सक्ने हो भने लागत मूल्य घटाउन सकिन्थ्यो तर त्यो सम्भव भएन । अनुदानको घांस किसान भन्दा पनि विचौलियाहरुले लैजान गरेको उनको धारणा छ । पचास वटा गाईपाल्ने किसानलाई दुइ तीन केजी घांसको बीउ दिएर के काम ? उनको प्रश्न छ । त्यसैले गर्दा पनि वाध्यतामा किसानहरुले गुणस्तरहीन दाना गाईबस्तुलाई ख्वाउनु परेको बताउंछन् । किसानहरुलाई विक्री वितरण गरिएको दानाको गुणस्तर हेर्ने निकाय नै छैन भन्दा हुन्छ । पशु सेवा कार्यालयले पनि त्यत्ति काम गर्न सकेको देखिंदैन उनको आरोप पनि छ । खोरेत मिसन भन्छन् भ्याक्सिन किसानको पहुंचमा पुग्न सकेको छैन । अनुदान किसानमय हुन सकेन । सिंहदरबारको घेरामा नै रह्यो । यही अवस्था रह्यो भने तीन बर्षमा दूधमा आत्मनिर्भर होइन किसानहरु पलायन हुने अवस्था आउंछ उनको तर्क छ ।
अहिले पशुपन्छी विकास मन्त्रालयले पहिलो बर्ष अण्डा, दोस्रो बर्षमा मासु र तेस्रो बर्षमा दूधमा आत्मनिर्भर बन्ने नारा लिएर हिडेको भएपनि भाषणले पूरा नहुने उनको भनाई छ । पशुपन्छी विकास मन्त्रालयले सांच्चै नै गर्ने हो भने किसानका पक्षमा काम गर्नु पर्दछ । किसानका नाममा आएका अनुदान होस् वा सहयोग किसानले नै पाउने वातावरण बनाएसम्म यस्ता नारा र प्रतिवद्धताहरु केवल कागजमा मात्र सिमित हुने उनको ठहर पनि छ । उनी भन्छन्, हेर्र्दै जानुस् यस्तै अवस्था रह्यो भने यथार्थमा काम गरिरहेका पशु फार्महरु अव बन्द गर्ने अवस्थामा पुगिसकेका छन् । सरकारले किसानलाई सहुलियतमा ऋण दिन सकेको छैन । अनुत्पादनक पशुबस्तुहरुको व्यवस्थापन गर्न सकिएको छैन । घांसमा आधारित भएर दुग्ध उत्पादनमा लाग्न सकिएकको त्यसले गर्दा पनि किसानहरु वाध्यतामा आफूलाई यही पेशामा टिकाएका छन् । पशुपालन गर्ने किसानहरुलाई सरकारले कागजी रुपमा प्रोत्साहन गर्ने गरेको भएपनि यथार्य रुपमा प्रोत्साहन होइन हतोत्साह गरिरहेका छ । मैले २५ बर्षदेखि दुग्ध विकास संस्थानलाई दूध दिईरहेको छु । तर संधै घाटा खानु परेको छ । प्राविधिक रुपमा फ्याटमा आधारका नाममा किसानहरुलाई मार्ने काम भईरहेको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र १५, २०७२