मङ्लबार, बैशाख २५, २०८१

गाई मरेकै कारणले रोए त कृषि मन्त्री

काठमाडौं, चैत्र । संधै भावुक देखिने कृषि मन्त्री हरिवोल प्रसाद गजुरेल गाई मर्दा होइन गाई मरेको दृश्य चलचित्रमा हेरेर रोए । मन्त्रीको यो रुवाईमा सहानुभूति राख्नु पर्ने थियो होला ? तर, त्यसो हुन सकेन  । चलचित्रमा गाई मरेको दृश्य हेरेर कृषि मन्त्री डाको छोडेर रोए भन्ने कुरा शुक्रबार दिनभर जसो नै सामाजिक सञ्जाल र अनलाईन न्यूजहरुले हंगामा नै मच्चाए । कृषि मन्त्री रोएको कुरालाई त्यत्ति ठूलो विषयबस्तु बनाउनु पर्ने थिएन होला सायद । मन्त्रीले गाई मरेको दृश्य देखेर रोए कि चलचित्रको कथामा नेपाल युवाहरुले साउदीको चर्को घाममा ज्यान फालेर काम गर्दा पनि सुख नपाएको देखेर रोए भन्ने कुराको विश्लेषण हुनु पर्ने थियो तर भएन । Haribol-Gajurel-cry
कृषि मन्त्रीको रुवाई पछि सामाजिक सञ्जालहरुमा पोष्ट भएका वाक्यांसहरु हेर्ने भने पनि त्यसैले अनुमान लगाउन सकिन्छ । मन्त्री किन रोए । विगतमा दशबर्षे जनयुद्धलाई समेत जोडेर मन्त्रीका विपक्षमा धेरै नेपालीहरुले आफ्नो आक्रोश पनि पोखेका छन् । मन्त्री गाई मरेको दृश्यले पक्कै रोएनन् । मन्त्री त राहदानी नामक चलचित्रको कथाबस्तुमा एउटा गरीव किसान परिवारको गाई मरेपछिको अवस्था र विदेशीनुको वाध्यताको दृश्यको भावना डुवेर भावुकता प्रर्दशन गरेका थिए । पक्कै गाई मात्र मरेका कारण रोएनन् । कृषि मन्त्री हरिबोल गजुरेल रोएको विषयलाई सकारात्मक भन्दा पनि नकारात्मक दृष्टिकोणबाट समाचार बाहिर आएपछि गजुरेल अझै बढी खिन्न बन्न थालेका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र १५, २०७२