शुक्रबार, बैशाख १४, २०८१

नाडेफ अनुगमनमा

काठमाडौं,चैत्र १४। कृषि अनुसन्धानमा कार्यरत संघसंस्था, तथा समूहका माध्यमबाट कृषि उपज उत्पादन बृद्धि गराउनका लागि सहयोग उपलब्ध गराउंदै आईरहेको राष्टिय कृषि अनुसन्धान तथा विकास कोषले अनुदान दिएका जिल्लाहरुमा आफ्नो अनुगमनलाई तीव्र बनाएको छ । कोषले विभिन्न जिल्लामा कृषि उत्पादन बृद्धि गर्नका लागि अनुसन्धानमा सहयोग पुग्ने किसिमले अनुदान उपलब्ध गराउंदै आएको छ । अनुदान प्राप्त गरेका संघसंस्था वा समूहहरुले सम्झौता बमोजिम काम गरे नगरेको निरिक्षण गर्नका लागि चितवन, मकवानपुर, नवलपरासी र रुपन्देहीमा अनुगमन कार्यलाई तीव्रता दिएका छन् । विज्ञ प्राविधिकहरुको टोली, कोषका विज्ञ एव सरोकारवाला निकायका प्रतिनिधिहरु समेतको सहभागितामा कोषले अनुगमन कार्य गरेको हो ।
अनुगमनका क्रममा अनुदान लिएका किसानहरु जानकारी लिदै आयोजना सञ्चालनका क्रममा देखा परेका समस्याका बारेमा पनि जानकारी दिइएको थियो । अनुगमनमा विज्ञ कृष्णचन्द्र शर्मा, रामबाबु अधिकारी, केशवप्रसाद अधिकारी, लगायत सञ्चारकर्मीहरु समेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतवार, चैत्र १४, २०७२