शुक्रबार, बैशाख २१, २०८१

९० अर्वको धान उत्पादन गर्दा प्रशंसा भएन सचिव

काठमाडौं । कृषि सचिव उत्तम कुमार भट्टराईले १४ अर्वको धान आयात हुंदा कृषिको विकास भएन भन्ने आरोप लगाउंदा सिमित श्रोत साधनबाट ९० अर्वको धान उत्पादन गरेको कुरालाई कसैले प्रशंसा नगर्दा सो क्षेत्रमा काम गर्नेहरु निरुत्साहित भएको बताएका छन् । uttam-kumarकृषि विकास मन्त्रालय बाली विकास निर्देशनालयद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सचिव भट्टराईले सो कुरा बताएका हुन् ।
हरेक बर्ष १४ अर्वको धान विदेशबाट आयात हुने गरेको ठूला ठूला समाचार बनेपनि ९० अर्वको धान उत्पादनको चर्चा नहुंदा दुख लाग्ने समेत बताए । उनले नेपालको कृषि अनुसन्धान र प्रसार पुरातन गतिमा अघि बढिरहेको हो कि भन्ने आशंका समेत व्यक्त गरेका थिए । उत्पादकत्व बृद्धि गर्नका लागि उन्नत जातका हाईव्रिड बीउहरुका कारण् जिएमओको आतंक हुने समेत बताए । मोन्सान्टोका कारण सवै हाईव्रिडलाई जिएमओका रुपमा चर्चा गर्न नहुने बताउंदै उनले कृषि विकास मन्त्रालय दुई तीन बर्षभित्र नै कृषिका उपजमा आत्मनिर्भर हुन सरकारले कार्ययोजना तयार गरिरहेको समेत बताए ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ९, २०७२