शुक्रबार, बैशाख १४, २०८१

दूधबाट पैँतालीस लाख आम्दानी

म्याग्दी, ९ चैत । दूध बेचेर नै एउटै गाउंमा लाखौं रुपैयां भित्रने गरेको छ । म्याग्दी चिल्लाको बेनी नगरपालिका वडा नं १३ र १४मा पर्ने सिङ्गाका किसानहरुले दूध बेचेर मनग्ये आम्दानी लिएका हुन् । सो क्षेत्रका किसानहरुले एक बर्ष अवधिमा दूधबाट मात्र पैतालिस लाख भित्र्याएको तथ्यांकले देखाएको छ । सो गाविसका दुग्ध उत्पादनक किसानहरुले दैनिक २ सय ५० लिटर दूध विक्री गर्दै आईरहेका छन् ।
किसानबाट दूध सङ्कलन गरेर सदरमुकाम बेनीमा निकासी गर्दै आएको सो संस्थाले २०७१ चैतदेखि २०७२ साल फागुनसम्म ९१ हजार २५० लिटर दूध बिक्री गरेका छन् । किसानबाट प्रतिलिटर रु ५० देखि रु ५३ का दरले दूध खरिद गर्दै आएको संस्थाले यही चैत महिनादेखि प्रतिलिटर रु पाँच समेत बढाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ९, २०७२