शुक्रबार, बैशाख ७, २०८१

पशु व्यवसायसम्बन्धी छलफल

santa manawiरत्ननगर (चितवन), १२ चैत । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले पशुपालन व्यवसायको अवस्थाबारे आज जिल्लाका प्राविधिक तथा विज्ञहरुसँग छलफल गरेकीछन् । चितवनको भरतपुरस्थित पशु सेवा कार्यालयको अनुगमनपछि उनले पशुपालनको विकासका लागि आवश्यक सहयोग गर्ने बचन दिइन ।
पशु सेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले जिल्लामा कुखरा, माछा, गाईपालन तथा तरकारी खेतीबारे जानकारी गराए । चितवन कुखुरापालन व्यवसायमा देशकै मुख्य केन्द्र मानिन्छ भने माछा, केरा, दूध तथा तरकारी उत्पादनका क्षेत्रमा पनि अघि बढिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १२, २०७२