शुक्रबार, बैशाख २१, २०८१

झापामा यन्त्रबाट धान रोपाइँ

झापा, १ चैत । जिल्ला कृषि कार्यालयले झापाको गोलधान गाविस–६ स्थित समुदायमा व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाअन्तर्गत यन्त्रबाट धान रोपाइँ सम्पन्न गरेको छ । बाली विकास निर्देशनालय हरिहर भवनका निर्देशक डिलाराम भण्डारी र प्रजिअ मदन भुजेलले गोलधापमा संयुक्त रुपमा यन्त्रबाट धान ररोपाइँको उद्घाटन गरेका छन् । प्रविधि विस्तार कार्यक्रम अन्तर्गत यन्त्रबाट धान रोप्ने र उत्पादन लागत कम गराई उत्पादकत्व बढाउने, खाद्यान्नमा परनिर्भरता हटाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र १, २०७२