शनिबार, बैशाख १५, २०८१

किसानलाई बीउमा अनुदान

चितवन, ३० फागुन । जिल्ला कृषि विकास कार्यालय चितवनले किसानहरुलाई बीउ अनुदान उपलब्ध गराएपछि तरकारी खेती तर्फ आकर्षित भएका छन् । शक्तिखोर र सिद्धी गाविसमा किसानलाई बीउमा अनुदान दिएपछि किसानहरुले घ्यूसिमी खेतीतर्फ आकर्षित भएको देखिएको छ ।
अनुदान कै कारण पनि करिब १५० भन्दा बढी किसान व्यावसायिक रूपमा घ्यूसिमी खेती गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयले बीउमा ५० प्रतिशत अनुदान दिएपछि बर्सेनि खेती विस्तार तथा उत्पादन बढ्न थालेको छ ।
विगतमा प्रतिकिलो रु १५ देखि रु २० सम्ममा बिक्री हुने प्रतिकिलो हुने घ्यूसिमी अहिले प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ । असोज– कार्तिक तथा वैशाख–जेठमा पर्याप्त घ्यूसिमी फल्ने गर्छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरे यसको तथ्याङ्क सङ्कलनको काम थालेको बताएका छन् । कार्यालयले गत वर्ष १२५ किलो बीउमा अनुदान दिएको थियो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ३०, २०७२