सोमवार, बैशाख २४, २०८१

कृषिको विकास सरकारको प्राथमिकतामा

नेपालगन्ज, फागुन । कृषिमन्त्री हरिबोल गजुरेलले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्रान्तिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
बाँकेको कोहलपुरमा सुरु भएको दोस्रो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री गजुरेलले आधुनिक र व्यावसायिक खेती प्रणालीको विकास र विस्तारका लागि सरकार प्रयासरत रहेको बताए ।Haribo
“परम्परागत खेती प्रणालीका कारण किसानले भनेजस्तो लाभ लिन सकेका छैनन्”–उनले भने, “सरकार आधुनिक र व्यावसायिक खेती प्रणालीको विकास गर्न हरसम्भव प्रयासरत छ ।”
उनले कृषि यान्त्रिकीकरण प्रदर्शनीले आधुनिक कृषि प्रणालीबारे किसानलाई जानकारी गराउन ठूलो भूमिका निर्वाह गर्ने र यसले किसानको क्षमता अभिवृद्धि हुने धारणा समेत राखे । नयाँ आधृनिक कृषि उपकरण, नयाँ कृषि औजारको प्रचारप्रसार र प्रयोगका लागि कृषकलाई प्रोत्साहन दिने उद्देश्यले सुरु भएको प्रदर्शनीमा गहँु काट्ने, रोप्ने, दाउने मेसिन, पावर टिलर, थोपा सिँचाइ प्रविधि, सौर्य ऊर्जाबाट चल्ने मोटरपम्पलगायतका उपकरण राखिएका छन् ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २३, २०७२