शनिबार, बैशाख १५, २०८१

खडेरी पीडितको मर्का वुझ्न कृषि मन्त्री कर्णाली भ्रमणमा

जुम्ला । कर्णालीमा लामो समयसम्मको खडेरीका कारण खाद्यन्न वाली उत्पादनमा कमी आएको भन्ने जनगुनासो वढ्न थालेपछि कृषि मन्त्री हरिवोल गजुरेल कर्णाली अवलोकनका क्रममा जुम्ला पुगेका छन् । उनले कर्णालीका कृषि क्षेत्रका सरोकारवाला र किसानसंगको भेटघाटलाई तीव्रता दिएका हुन । कर्णाली सुख्खा ग्रस्त क्षेत्रका रुपमा चिनिएको भन्दै सुख्खा ग्रस्त क्षेत्रमा उत्पादन हुने वालीनालीको विकल्प खोज्न आफु स्थलगत अनुगमनमा कर्णाली घुम्फीर गर्न लागेको उनले वताए । hari
स्थलमार्ग हुदै कर्णालीको कालिकोट, जुम्ला हुदै मुगुमा जाने कार्यक्रम छ । कर्णालीमा खडेरीका कारण किसान मर्कामा परेको भन्दै मन्त्रालयमा विभिन्न डेलिगेशन र ध्यानाकषर्ण गराउन थालेपछि आफु खडेरी पीडितका मर्का वुझ्न र यहाँको वास्तविकता केलाई राहतको कार्यक्रम ल्याउन सहिजो होस भन्नका लागि पुगेको कृषि मन्त्री गजुरेलले वताए ।
खडेरीका कारण मुगुका १२ वटा गाविस खाद्य संकट गाविसका रुपमा घोषित भईसकेका छन । पत्रकार राजनैतिक दल, कर्मचारी संग खडेरीले उत्पन्न खाद्य संकटका वारेमा छलफल गर्दे आएको जानकारी दिदै मन्त्री गजुरेलले वातावरणीय असन्तुलन वढ्दै जादा प्रत्यक्ष असर कृषि क्षेत्रमा परेको जानकारी दिए ।
खलंगामा क्रान्तिकारी पत्रकार संघ जुम्लाको आयोजनामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा कृषि मन्त्री गजुरेल सवैले कृषि हाम्रो प्रथामिकता भन्दै आएपनि कृषि कहिल्यै पनि प्रथामिकतामा पर्न नसकेको गुनासो गरे । नेपालका राजनैतिक दल पनि कृषि मन्त्रालय आफ्नो रोजाईमा पार्न हिचकिचाउने गरेका उनको भनाई छ । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण वनाउनको लागि २७ वुदे प्रतिवद्धता सार्वजनिक गरेको उनले वताए ।
कृषि मन्त्री भएपछि किसान आयोग, कृषकलाई पेन्सन देखि किसानको हक अधिकारी सुनिश्चित हुने गरी योजना निर्माण गर्न लागेको जानकारी दिए । कर्णालीमा प्राकृतिक रुपमा धनि भएपनि यहाँ उत्पादित साधन श्रोतको सहि सदुपयोग नहुदा आत्मनिर्भर हुन सकेको छैन उनले भने कर्णालीका किसान लगनशिल भएर लागे देशलाई पाल्न सक्ने सामाथ्र्य राख्दछन ।
पहिलेका कृषि योजना प्रचारमुखी मात्रै भएकोले परिणाम हात लाग्न नसकेको तर्फ स्मरण गर्दै उनले देशको विकासको लागि कृषि मैत्री र परिणामुखी योजनाको खासो रहेको औल्याए । हिउदे वर्षा नहुदा खडेरीले उत्पादनमा गिरावट आएपछि अव किसानलाई राहन पुग्ने गरि राष्ट्रिय कृषि निती चाडै ल्याउने प्रतिवद्धता जनाए । पानी कम हुदा उत्पादन हुने जातको वाली खोजी गर्न थालेको वताए ।
जुम्लालाई कृषि उत्पादनको विशिष्ट क्षेत्रका साथै स्याउ पकट क्षेत्रका रुपमा स्थापित गर्ने प्रतिद्धता व्यक्त गरे । जुम्लामा उनले विगत चार वर्ष देखि थन्किएको ग्रडिंग मेसिन उद्घान गर्नुका साथै कृषि अनुसन्धान केन्द्र राजिकोट र चन्दननाथ नगरपालिकाका किसानको स्याउ वगैचाको अवलोकन गरेका छन । – डिवी वुढा

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २५, २०७२