बुधबार, बैशाख १२, २०८१

शुन्य खनजोत मकै खेतीप्रति आकर्षित

सुनसरी, २३ फागुन । सुनसरी जिल्लामा मकै क्षेत्रफल, उत्पादन र उपभोगका हिसाबबाट धान ,गंहु पछिको तेश्रो प्रमुख खाधन्न वाली रहेको छ । हाइव्रिडको तुलनामा स्थानीय एवं उन्नत जातबाट उत्पादन तथा मुनाफा कम आउने हुंदा कृषकहरु विगत केही बर्षदेखी हाइव्रिड तर्फ आकर्षण भएका छन । यस जिल्लामा मकै मिसन कार्यक्रम २०६४÷०६५ आर्थिक वर्ष देखी सुरु भएको थियो ।
अन्य अन्नबाली भन्दा कम लगानी र बढी आम्दानी हुने भएकाले कृषकहरुको आर्कषण बढदै गएको कार्यालयका बाली विकास अधिकृत दिपेन्द्र पोखरेलले बताए । जिल्लामा उत्पादिन मकै दाना उद्योगहरुको लागि कच्चा माल बाहेक हरियो मकैको हकमा नजिकै ठुला बजारहरु इटहरी, विराटनगर, झुम्का, इनरुवा, दुहवी जस्ता वजारमा हरियो मकैको राम्रो खपत हुन गरेको छ ।
सिमिट बगंलादेशको आयोजनामा श्रोत संरक्षण खेतीपाती प्रविधि विस्तार कार्यक्रम जिल्लामा लागु रहेकोले कृषकहरुको शुन्य खनजोत व्यावसायिक मकै खेती तर्फ बढी आकर्षित भएको पोखरेलले बताए ।
यस श्रोत संरक्षण प्रविधिबाट मकै रोप्दा जग्गा लाई रोप्नुपूर्व जोत्नुनपर्ने तसर्थ उत्पादन लागतमा र समयमा भारी कटौती हुने भएकाले जिल्ला कृषि विकास कार्यालयले राखेको उत्पादन प्रदर्शन नजिकका कृषकहरु यस प्रविधि प्रति आकर्षित दिनानुदिन बढीरहेको पोखरेलले बताए ।
जिल्ला कृषि विकास कार्यालय सुनसरीले यस आर्थिक वर्षमा १० टन मकैको बीउमा ३३ प्रतिशत अनुदान दिईसकेको र छिटै जिल्ला स्तरीय १ दिने मकैका समस्याहरु तथा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिने कार्यालयका प्रमुख डा. रविन्द्र नाथ चौबेले बताए ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २३, २०७२