शुक्रबार, बैशाख १४, २०८१

अदुवाको पकेट क्षेत्र घोषणा गरिने

उदयपुर २३ फाुगन । कृषि मन्त्री हरिवोल गजुरेलले सरकारले आगामी आर्थिक बर्षदेखि कृषि उत्पादन बृद्धि गर्नका लागि विशेष पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरिरहेको बताउंदै उदयपुरको अदुवा उत्पादन हुने पश्चिमी गाविसलाई पकेट क्षेत्र बनाउने घोषणा गरेका छन् । उदयपुरको हर्देनी गाविसको गहुवारीमा आयोजना गरेको शहिद पार्क तथा अर्धकदको शालिक अनावरण गर्दै उनले अदुवाको पकेट क्षेत्र घोषणा गरेका हुन् udayapur hari
मन्त्री गजुरेलले हर्देनी, लेखानी, सिरिसे, मयाखुलाई अदुवा उत्पादन गर्न पकेट क्षेत्र घोषणा गर्न कृषि बिशेषज्ञको टोली तत्काल पठाउने आश्वासन समेत दिएका छन् । उनले गाउंमा रहेका किसानहरुले सरकारी अनुदान र मल नपाउने अवस्थाको अन्त्य गर्न किसान परिचय पत्रको व्यवस्था लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको समेत बताए । उनले भने ‘यो योजना मन्त्रिपरिषदको बैठकबाट पास भएर अर्थ मन्त्रालय पुगेको छ आगामी बजेटबाट कार्यान्वयनमा आउने छ । किसानहरुलाई पेन्सन दिने कुरा समेत उठाउंदै किसानहरुलाई विधि पु¥याएर किसाना परिचय पत्र वितरण गर्ने सोही आधारमा किसानलाई पेन्सन दिने समेत बताए । किसानहरुलाई पेन्सन दिने कुरा आफूले २७ बुंदे प्रतिवद्धतामा उल्लेख गरेको बताउंदै कृषि विकास रणनीति कार्यान्वयनमा आएपछि किसानका हरेक समस्या समाधान हुने कुरा समेत उल्लेख गरेका थिए ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २३, २०७२