मङ्लबार, बैशाख १८, २०८१

दाना उत्पादनमा गुणस्तरियता ल्याउन माग

चितवन, फागुन। कुखुराको दाना उत्पादनमा गुणस्तरियता ल्याउनुपर्ने कुखुरा व्यवसयीहरुले बताएका छन् । चितवन नवलपुर दाना वितरक संघको दोस्रो साधारण सभाका वक्ताहरुले पछिल्लो समयमा दानाको गुणस्तरीयता नभएको भन्दै स्वस्थकर दाना उत्पादन गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय पंछि रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख पुरुषोत्तम प्रसाद त्रिपाठीले कमसल खालको प्रविधि प्रयोग गरेर चितवनमा दाना उत्पादन भएको भन्दै मानिसको स्वास्थ्यमा असर नपु¥याउने खालको दाना उत्पादन गर्न आग्रह गरे । नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय सदस्य प्रकाश बावु खनालले दानाको मुल्य बृद्धि भएको कारण किसानहरुलाई कुखुरा व्यवसाय गर्न कठिन भएको गुनासो गरे ।dana
त्यसैगरी, वैशाखमा आएको विनाशकारी भूकम्प र त्यसपछिको अघोषित नाकाबन्दीका कारण दाना उद्योग व्यवसायीहरुलाई समस्या परेको बताइएको छ । दोस्रो साधारणसभाका क्रममा व्यवसायीहरुले देशमा नयाँ संविधान निर्माणपछि विभिन्न राजनीतिक दल तथा समूहहरुको बन्द हटतालका कारण पोल्ट्री क्षेत्र प्रभावित भएको बताए । तराई आन्दोलन तथा नाकाबन्दीका कारण दानको लागि चाहिने कच्चा पदार्थ आयात हुन नसक्दा कुखुरापालक किसानहरुले सहज रुपमा दाना खरिद गर्न सक्ने अवस्था नभएको व्यवसायीहरुको गुनासो रहेको छ ।
इन्धन अभावका कारण उत्पादित वस्तुहरु बजारसम्म पु¥याउन समेत नसक्दा थप समस्या परेको चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष रामलाल भुषालले बताए । चितवन नवलपुर दाना वितरक संघले स्थापनाकालदेखि नै समग्र पोल्ट्री क्षेत्रलाई मर्या्दित र दिगो पेशा बनाउनको लागि गंभीर भएर अगाडि बढेको भुषालको भनाइ छ । संघका महासचिव विनोद पोखरेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कुखुरापालक किसानलाई आगामी एक वर्ष्भित्रमा संघको अगुवाईमा विभिन्न चार स्थानमा तालिम दिइने बताए ।
दानको मूल्य समायोजनको लागि नेपाल दाना उद्योग संघसँग निरन्तर संवाद र समन्वय गर्ने तथा दाना उद्योहगरुको डिलर दिँदा संघसँग परामर्श गर्न अनुरोध गरिने पोखरेलको भनाइ छ । चितवनमा उत्पादित चल्लाको मूल्य भारतीय बजार मूल्यको अनुपातमा राख्ने व्यवस्थाका लागि नेपाल ह्याचरी उद्योग संघसँग संवाद र समन्वय गरिने पोखरेलले बताए । -विल अधिकारी

प्रकाशित मिति: बिहिबार, फाल्गुन २०, २०७२