शुक्रबार, जेष्ठ ४, २०८१

किसानलाई मकैको बीउ

चितवन,२० फागुन । गएको वर्ष असिना पानीले क्षति पुर्याएका चितवनको पहाडी क्षेत्रका पीडित किसानलाई मकैको बीउ वितरण थालिएको छ ।
किसानलाई दुई टन बीउ वितरण गरिएको हो । सिद्धिका २३० परिवारलाई प्रतिपरिवार चार किलोदेखि २० किलोसम्म बीउ वितरण गरिएको कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए । ‘यो वर्ष जिल्लामा २० टन मकै भूकम्पपीडितलाई वितरण गर्ने तयारी गरेका छौँ’ उनले भने ।
जिल्लामा तीन हजार ७०० बढी भूकम्पपीडित रहेका छन् । जिल्लामा आर्थीक वर्ष २०६४÷६५ देिख अभियानमुखी मकैखेती कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । सो कार्यक्रमअन्तर्गत गुञ्जनगर र खैरहनीका किसानलाई ६ टन मकैको बीउ वितरण गरिएको छ ।
आव २०७१÷७२ मा जिल्लामा २८ हजार ९०० हेक्टरमा ९७ हजार ४७५ मेट्रिक टन मकै उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । यहाँ वसन्ते, बर्षे र हिउँदे मकैखेती गरिन्छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २०, २०७२