शनिबार, बैशाख १५, २०८१

जम्लामा ढँटेलो र जटामसी उत्पादनमा जोड

जुम्ला,२३ माघ । वनमा आधारित उद्यम विकास कार्यक्रम अन्तर्गत सुन्दर नेपाल संस्था जुम्लाले स्थानीयस्तरमा उत्पादित ‘ढँटेलो र जटामसी’ व्यवसायलाई प्राथमिकता दिएको छ । संस्थाले व्यवसायको प्रवद्र्धन गरी स्थानीय उद्यमीलाई रोजगारी दिलाउन तथा आयस्तर वृद्धि गर्न दुईवटा उद्यमलाई प्राथमिकताका रुपमा सञ्चालनमा ल्याएको जिल्ला संयोजक कमल भुसालले जानकारी दिएका छन् । jatamasi
जिल्ला संयोजक भूसालले जुम्लाका १८७ मा स्रोतका आधारमा २० वटा सामुदायिक वन उपभोक्ता समूह छनोट गरी तिनै मार्फत काम अगाडि बढाइएको बताएका छन् ।
उनकाअनुसार सुन्दर नेपालले काम गर्ने २० वटा समूहमा चौध, बीस भेकका– ८, पाँचसय भेकमा तातोपानीका– ६ र सिन्जा भेकमा– ६ समूह रहेका छन् ।
यस कार्यक्रम अन्तर्गत चौधबीस भेकमा जो जटामसी सङ्कलन गर्न जान्छन्, जडीबुटीखेती गर्छन्, उनीहरुलाई जटामसीको असल सङ्कलन अभ्यास सम्बन्धी व्यावसायिक योजना तथा उद्यमशीलता सीप सम्बन्धी तालिम दिएको संयोजक भुसालको भनाई छ ।
संस्थाले सञ्चालन गरेको कार्यक्रमद्वारा सुर्खेत जुम्ला गरेर तीन हजार जनालाई दैनिक रु १२५ आम्दानी हुने हिसाबबाट रोजागार दिने अपेक्षा गरे पनि हालसम्म ४१८ जनालाई रोजगारी दिलाउन सफल भएको जनाइएको छ ।
नेपाली बजारमाप्रति लिटर रु ७०० पर्ने ढँटेलोको तेल युरोपियन मुलुकमा बहुप्रयोगमा ल्याउन अधिकतम माग हुँदै आएको छ । नेपालमा गरिबले प्रयोग गर्ने व्यवसायका रुपमा लिइरहेको भन्ने सोचलाई विस्थापित बनाउन किसानका लागि यो उद्यममा जोड दिइएको छ ।
यद्यपि जटामसी भने प्रतिलिटर रु ४० हजारमा खरिदबिक्री हुने गरेको संयोजक भुसालले बताए । स्थानीयस्तरमा ढँटेलो जटामसीको महत्वबोध गराई संरक्षणमा सजग गराउन दुईवर्षे उद्यम विकास कार्यक्रम सञ्चालन गरेको सुन्दर नेपाल जुम्लाले बताएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २३, २०७२