बुधबार, बैशाख २६, २०८१

सल्यानमा गहुं उत्पादन घट्ने संकेत

सल्यान,२४ माध । लामो समयसम्म खडेरी परेका कारण सल्यान जिल्लामा यो पटक गहुं उत्पादनमा कमी आउने संकेत देखिएको छ । लामो खडेरीका एवं खेतबारी बांझो रहेको तथा लगाइएको गहुँंली समेत सुक्न थालेको छ पनि गहुं उत्पादनमा कमी आउने आशंका गरिन थालिएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार गहुं रोप्ने बेलामा परेको खडेरी र सिंचाइ उपलब्ध हुन नसकेका सल्यानका १८ गाविसमा लगाइएको हिउंदेबाली सुक्न थालेको छ । जिल्लामा सिंचाइ उपलब्ध नभएका कारण शारदा नदी र अन्य सिंचाइ हुने खोलामा रहेका खेतमा बाहेक अन्य पाखामा लगाइएको गहुंबाली सप्रेको छैन”, वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुइंटेलको भनाई रहेको छ । गत वर्षमा जिल्लामा १५ हजार पांच सय ६५ हेक्टर क्षेत्रफलमा गहुंबाली लगाइएकामा यस वर्ष १४ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा मात्र गहुं खेती गरिएको उनले बताए ।

प्रकाशित मिति: आइतवार, माघ २४, २०७२