शनिबार, बैशाख १५, २०८१

रु छहत्तर करोडको सुन्तला बिक्री

krishilogoजाजरकोट, १८ माघ । जिल्लामा यस वर्ष रु ७६ करोड मूल्यको सुन्तला बिक्री भएको छ । यस वर्ष एक हजार ३९५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजालीले उक्त सुन्तलाको बजार मूल्य रु ७६ करोड ७२ लाख भएको बताए । जिल्लाको ढिमे, डाडागाउँ, झाप्रा, कार्कीगाँउ, भुरलगायत गाविसमा किसानले सुन्तला खेती गर्दै आएका छन् ।

मनग्य आम्दानी भएपछि सुन्तला खेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । परम्परागत मकै, गहुँ, जौ, कोदो, फापर खेतीले जीवन गुजारा चलाउन कठिन भएपछि किसानले सुन्तला खेती सुरु गरेका हुन् । जिल्लामा सुन्तला प्रतिकिलो रु ५० देखि रु ८० मा बिक्री वितरण हुने गरेको छ ।

प्रकाशित मिति: सोमवार, माघ १८, २०७२