शुक्रबार, बैशाख ७, २०८१

छत्तिस लाख अनुदान

चितवन, १९ माघ । यसवर्ष जिल्लामा व्यावसायिक तरकारी खेतीको विकासका लागि ६८ जना किसान छनोटमा परेका छन् । युवालक्षित व्यावसायिक तरकारी खेतीका लागि रु ३६ लाख अनुदान दिने गरी उनीहरूको छनोट गरिएको हो । पहाडका किसानका लागि पाँच रोपनी र तराई क्षेत्रमा एक बिघाखेती गर्ने गरी छनोट गरिएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कमला न्यौपानेले जानकारी दिए । एक बिघाखेती गर्ने किसानका लागि रु ६० हजार र पहाडको पाँच रोपनीका लागि रु ४० हजारका दरले अनुदान दिइने छ भने सोही रकम बराबर किसानले लगानी गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति: बुधबार, माघ २०, २०७२